नेकपा र फोरमको सहमतीले यी मन्त्रीहरुको पद धरापमा

काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा जाने तयारीसँगै मन्त्रिमण्डलमा हेरफरेको तयारी पनि भएको छ । अहिलेका केही मन्त्रीहरुलाई जिम्मेवारी हेरफेर गर्ने तथा केहीलाई पदबाटै हटाउने सम्भावना रहेको स्रोत बताउँछ । 

 

फोरम र नेपाल कम्युनिष्ट पार्टीबीच हिजो सोमबार सरकारमा जानेबारे दुई बुँदे भइसकेको छ । स्रोतका अनुसार फोरम सरकारमा दुई वटा मन्त्रालय पाइने छ । हाल सहरी विकास मन्त्रालय रिक्त छ । अर्को स्वास्थ्य मन्त्रालय फोरमलाई दिने तयारी भइरहेको छ । जसअनुसार फोरमले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाउने सम्भावन छ । स्वास्थ्यमा हाल पद्मा अर्याललाई राज्यमन्त्री दिइएको छ । 

 

अहिले ४ राज्यमन्त्रीसहित मनित्रपरिषद्को संख्या २२ छ । संविधानको प्रावधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ । त्यसकारण फोरमबाट बढीमा तीन जना सरकारमा सहभागी हुने छन् । स्रोतका अनुसार उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुने छन् । उनी स्वास्थ्यमन्त्री हुने सम्भावना छ ।

 

त्यस्तै केही बदनाम मन्त्रीहरुलाई हटाउने सम्भावना पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री वर्षमान पुन यातायातमन्त्री रघुवीर महासेठको कार्यशैली मन पराएका छैनन् । ऊर्जामन्त्री पुनले ऊर्जामन्त्रीसम्बन्धी महत्वपूर्ण विषयमा आफूहरुलाई झुक्याउने र प्रधानमन्त्रीविरुद्ध प्रचारबाजी गरेका कारण ओली र प्रचण्ड दुवै पुनसँग रुष्ट छन् । प्रचण्ड निकट तत्कालिन माओवादी नेताहरुले समेत पुनका गलत कामबारे उनलाई रिपोर्टिङ गरिरहेका छन् ।

 

त्यस्तै, श्रम मन्त्री महासेठ पनि सुधार भन्दा सेटिङमा लागेको उजुरी बालुवाटारमा परेको छ । राम्रोसँग गर्न नसक्नेहरुलाई हटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिँदै आएका छन् । आजको दृष्टिबाट । 

 

 


थप समाचार

नेपाल थाइल्याण्डसँग पराजित

  • 7 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 14 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 25 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।