IIMS College

ISMT

HUB Education

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

फाइल फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन् ।

 

पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका युवाहरु मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन् । यहाँका किसान मौरीपालन व्यवसायबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताए ।

 

स्थानीयवासी दयाराम पाण्डेयले १८÷२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आएका छन् । उनको घरलाई मौरीका घारले घेरिएका छन् । एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उनलाई दुई–चार हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उनले बताए ।

 

परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन् । एकपटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ । यस्तै स्थानीयवासी दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक पचास हजारदेखि एक लाखसम्म आम्दानी हुने गर्छ । यही मौरीपालन व्यवसायबाट पनि उनी प्रशस्त आम्दानी गर्छन् । पशुपालन तथा खेतीपातीसँगै उनले मौरीपालन व्यवसायमा हात हाले ।

 

पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ । गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो । मौरीसहितको घारलाई सात हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । 

 

गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताउनुभयो । गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ ।

 

चालु आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ । गाउँपालिका क्षेत्रभित्र हाल तीन सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखाप्रमुख कँडेलले बताए । उनका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयवासीको आम्दानीमा समेत वृद्धि भएको छ । 

 

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताए । उनले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताए । आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ । पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ ।

 

चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ । असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाइ छ । जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन् । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ । 


थप समाचार

गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

  • 10 minutes ago
गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबलको उपाधि विराटनगरलाई

काठमाडौँ । यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्

'आरोप आर्फैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ'

  • 13 minutes ago
'आरोप आर्फैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ'

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।

७० करोड कमिसनको आरोपबारे मन्त्री बास्कोटाले यसो भने

  • 13 minutes ago
७० करोड कमिसनको आरोपबारे मन्त्री बास्कोटाले यसो भने

महेन्द्रनगर । सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आरोप ठूलो कुरा नभएको बताएका छन् । ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्याल



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।