ISMT

HUB Education

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् । 

 

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताए । 

 

‘नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो’, उनले भने, ‘वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?’ 

 

उनले राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा वातावरण के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्ने बताए । 

 

मन्त्री खनालले नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने बताए । 

 

आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सकेमात्र लाखौँ विदेशिने नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ थियो । 

 

नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरका प्रमुख रेनु दाहाललगायतले कृषिमा वैज्ञानिकीकरण भनिए पनि परिणाममा आउन नसकेको बताए । 

 

नार्कका कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले पछिल्लो समय नेपालमा प्रयोग भइरहेको प्रविधिका बारेमा जानकारी गराएका थिए ।


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 4 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 4 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।