‘सहायक डिनले अति गरेपछि कालो मोसो घसेका हौँ’

सहायक डिन भन्छन्ः मेरो चरित्र हत्या गर्न खोजियो, विश्वविद्यालयमा गुण्डागर्दी बढ्यो

Education Park

काठमाडौँ । पछिल्लो केही वर्षदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालय समस्यै समस्याको जालोमा परेको छ । कहिले तालाबन्दी त कहिले तोडफोडका कारण थला परेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या थप जटिल बन्दै गएको छ । विश्वविद्यालयलाई राजनीतिक अखडाको रुपमा परिचित गराउन ठूलो षडयन्त्र भइरहेको आरोप प्रत्यारोप चलिरहेको छ ।

 

नियमित पठनपाठन नहुनु, परीक्षा नहुनु, आवश्यक मापदण्ड नपुगेका व्यक्तिलाई विश्वविद्यालयमा राजनीतिक दबाबका भरमा भर्ना गर्नुले विश्वविद्यालय थला परेको चर्चा चलिरहँदा गएको हप्ता कृषि तथा वन विज्ञान विश्वविद्यालयका केही विद्यार्थीहरूले सहायक डिन विश्वराज ओझालाई कालो मोसो घस्न पुगे । त्यसपछि चर्किएको यो समस्याले पुरै विश्वविद्यालयलाई नै अस्तव्यस्त बनाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राविधक विद्यार्थी संघ नेपाल (केन्दिय कमिटी) का अध्यक्ष मिलन चौहानले विश्वविद्यलायले विद्यार्थीहरूको भविष्यमाथि खेलावाड गरेको र अति नै भएपछि कालोमोसो घस्न बाध्य भएको बताएका छन् । उनले भनेका छन्, ‘विश्वविद्यालय समस्यै समस्याको जालोमा रहेको छ ।’

 

उनले उदाहरण दिँदै भने, ‘भर्खरै मास्टर्स सकाएको व्यक्ति जसको धेरै रिसर्च पेपर पनि छैन,अनुभव पनि छैन । उक्त व्यक्तिले कसरी एसिस्टेण्ट प्रोफेसर बनेर पढाउन पाउँछ ? उसलाई विश्वविद्यालयले करारमा नियुक्त गर्छ । विश्वविद्यालयमा रहेको शिक्षा सेवा आयोगलाई राजनीतिका भरमा ध्वस्त पार्ने काम गरिएको छ । आफ्ना मान्छे छिराउन विश्वविद्यालयमा त्यस्ता क्रियाकलाप हाबी भएका छन् । राजनीतिक टिका लगाएर असक्षम व्यक्तिलाई समेत विश्वविद्यालयले नियुक्त गरेको छ । त्यहाँका पदाधिकारीहरू सबै भागबण्डामा रहेका छन् । विष्णुराज एउटा पात्र हुन् । त्यहाँ विष्णुराज ओझाजस्ता व्यक्तिहरू रहेका छन् । विष्णुराज ओझालाई कारबाहीको दायरामा ल्याउन नसक्नु राजनीतिक भागबण्डाको कारण हो । भिसी एउटाको छ, रजिष्ट्रार एउटाको छ । अन्य पदाधिकारीहरू अन्य पार्टीमा आबद्ध छन् । त्यहाँ एकजना कर्मचारीलाई कारबाही गर्न सके कृषि तथा वनविज्ञान भित्रको कर्तुत छताछुल्ल हुने हुँदा विष्णुराजजस्ता व्यक्तिहरू कारबाहीको दायरामा आउन नसकेका हुन् । त्यसैकारण पनि विद्यार्थीहरुले एक्सन लिनु जरुरी छ ।’

 

चौहानले थपे,‘कृषि विश्वविद्यालयको सुरुवातसँगै समस्या र व्यथितिहरू रहेका थिए । ती व्यथितिहरू अझै कृषि तथा वन विज्ञान विश्वविद्यालय हुँदा समेत व्याप्त रहेका छन् । सुरुवातदेखि विश्वविद्यालय नै राजनीतिक किचलो र भागबण्डाबाट ग्रसित थियो । प्राध्यापकअनुसार विद्यार्थीहरूलाई उचाल्ने, पछार्ने काम हुने गरे । छोटो समयमा नै राजनीतिक अखडाको रुपमा कृषि विश्वविद्यालय विकसित भयो । त्यसको असर विद्यार्थीहरूले पाउनु पर्ने शैक्षिक गुणस्तरमा देखियो । प्राविधिक शिक्षा पाउने कुरामा विद्यार्थीहरू वञ्चित भए । प्राध्यापकहरूले राजनीतिक आडमा विद्यार्थीहरूको आवाज दबाउने काम गरे ।’

 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष सन्तोष खतिवडाले पनि विश्वविद्यालयमा समस्या व्याप्त रहेको बताए । उनले भने, ‘विश्वविद्यालय अनुदान आयोगबाट भेटनरीका ३० जना र कृषि संकायका ५० जना विद्यार्थीका लागि छात्रवृत्तिको एउटा योजना बनाइयो । दुवै संकायमा प्रवेश परीक्षा गराइयो । तर, व्यक्तिगत र राजनीतिक स्वार्थले गर्दा ती छात्रवृत्तिमा पढ्न पाउने विद्यार्थीहरूको अधिकार हनन हुने गरी नेपाल भेटनरी काउन्सिलबाट ती अधिकारहरूलाई बञ्चित गराइयो ।

 

सहायक डिनजस्तो व्यक्तिलाई कालो मोसो घस्ने जस्तो अप्रिय घटनाका बारे चौहानले भने, ‘सहायक डिन एउटा सार्वजनिक पद हो । उनी सहायक डिनमात्र नभई प्राध्यापक पनि हुन् । १६५ जनालाई एउटै कक्षाकोठामा राखेर उनले पढाउन थाले । त्यो कुराको हामीले विरोध ग¥र्यौँ ।’

 

उनले सहायक डिनलाई आरोप लगाउँदै भने, ‘लामो समय विश्वविद्यालयमा कार्यरत उनले आफ्नो मनोमानी गर्दै आइरहेका छन् । विद्यार्थीहरूलाई लक्षित नै गरेर अंक कम दिने, धेरै दिने गरेका छन् । २२ जना विद्यार्थीहरूलाई उनीविरुद्ध बोले भनेर अंक कम दिएका छन् । प्लस माइनस दिएका छन् । विदेशमा जाने विद्यार्थीलाई ‘नट क्वालिफाइड’ भनिन्छ । उनले त्यतिसम्मको हर्कत गरेका छन् ।’

 

उनी अगाडि भन्छन्, ‘हामीले १६५ जना विद्यार्थीलाई एकै ठाउँमा नपढाउनुहोस्, यसरी गुणस्तीय शिक्षा दिन सकिदैन भन्यौँ । उनले कृषिको मुख्य विषय पढाउने गर्छन् । उनले एग्रिकल्चरल स्टाटिटिक्स र इन्ट्रोडक्टरी रेसिस्टेन्स ब्रिडिङ जुन उनले पढाउने गर्छन्, त्यो कृषि पढ्नेहरूका लागि महत्वपूर्ण विषय हो । रिसर्चका लागि पर्याप्त ज्ञान त्यही विषयबाट मिल्ने हो । ९० घण्टाको विषयलाई उनले ८ घण्टामात्र पढाए । प्राक्टिकल केही पनि गराएनन् । ३० घण्टाको प्राक्टिल गराउनुपर्ने ठाउँमा उनले एउटा म्यानुअल सार्न लगाए । त्यहाँ गएर एउटा सार्नुहोस् भनेर पन्छिन खोजे । सर तपाईँले यस्तो काम गर्न सुहाउँदैन भन्दा उनले मेरो पारा यही हो भने । तिमीहरू संगठनबाट आएका हौ । तिमीहरूको भविष्य मेरो हातमा छ भन्दै धम्की दिए ।’

 

उनले आक्रोशित हुँदै भने, ‘एउटा गुरुले त्यस्तो हर्कत गर्न सुहाउँछ ? सहायक डिनभन्दा पनि एउटा प्राध्यापकको हर्कतका कारण हामीले कालो मोसो घसेका हौँ । एकदमै बाध्यात्मक परिस्थितिमा पुगेपछि हामीले यस्तो कदम चाल्न बाध्य भएका हौँ । २५ वटा जेनेरेशनले यो समस्या भोगिसकेको छ । अबको जेनेरेशनले यो सहन सक्दैन ।’

 

उनले विश्वविद्यालयमा राजनीतिक आस्थाका आधारमा व्यक्तिहरू हाबी भएको बताए । उनले भने, ‘हालका सहायक डिन काँग्रेस निकट व्यक्ति हुन् । उनका कारण विद्यार्थीहरू मारमा परिराखेका छन् । हामी नितान्त विद्यार्थीहरूको हक–अधिकारका लागि लडिराखेका छौँ । प्राविधिक विषयको पढाइ त्यो पनि एउटै हलमा १६५ जना राखेर दिइन्छ भने त्यो हामीलाई अमान्य हुन्छ । यो समस्या बाहिर उगाजर गर्दा राजनीतिको नाम दिइन्छ भने हामीले राजनीति गरेका हौँ । म पनि संगठनको अध्यक्ष हुँ । विद्यार्थीहरूको समस्या उठाउन सक्दैन भने अध्यक्षको के काम ? यो धेरै पुस्ताले खेपेको समस्या भएका कारण हामी चाहिँ विस्फोटित हुन बाध्य भएका हौँ । उनी काँग्रेस निकट भनेर हामीले त्यस्तो हर्कत गरेका होइनौँ । उनको आचरणले नै देखाउँछ । यदी त्यो ठाउँमा एमाले निकट नै पदाधिकारीहरू हुन्थे भने पनि हामी त्यो हर्कतमा पुग्नु पर्ने बाध्यता हुन्थ्यो ।’

 

वार्ताको नाममा विद्यार्थीलाई झुलाउने काम भन्दै उनले भने, ‘स्वयम् प्रशासकिय डिन भएपछि उनले विद्यार्थीको समस्या बुझ्नुपर्ने होइन ? हामी कहाँ जाने ? कुन बाटो अपनाउने ? कतिसम्म ‘सफ्ट’ हुने । हामीमात्र होइन, २५ वटा जेनेरेशन सफ्ट भयो । २५ वटा जेनेरेशनले भोग्नुभोग्यो । अब कति भोग्ने ? कति सहने ?’

 

उनले समस्या समाधानबारे भने, ‘अब कसरी समस्या समाधा गर्न सकिन्छ, यसबारे हामी सोचिरहेका छौँ । विष्णुराज ओझाले आफ्नो हर्कतमा परिवर्तन नल्याए उनी आफै समस्यमा पर्नेछन् । कालो मोसो घस्ने स्थिति कसरी सिर्जना भयो ? त्यो बुझौँ । यसको जिम्मेवारी उनी आफै नै हुन् । पहिला विष्णुराज ओझालाई कारबाही हुनुपर्छ । हामी डराउने भाग्ने पक्षमा छैनौँ । निष्पक्ष छानविन कमिटी गठन होस् त्यसको पक्षमा हामी छौँ । को को विद्यार्थी मारमा परेका छन् ति विद्याथीहरूको आवाज सुनियोस् । यस अगाडिका विद्यार्थीहरूको पनि आवाज सुनियोस् । विष्णुराज ओझालाई पहिला कारबाहीको दायरामा ल्याइयोस् । अनि त्यसपछि हामीले गरेका कामको कारबाही भोग्न हामी तयार छौँ ।’

 

त्यस्तै खतिवडाले भने, ‘विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरू कोही पनि विश्वविद्यालयको समस्या समाधानका लागि जिम्मेवार देखिएका छैनन् । प्रशासनको नियम अनुसार पठनपाठन गराउनु पर्ने होइन । प्रध्यापक संगठनले यसबारे बोल्नु पर्दैन ? प्राध्यापकहरूको दायित्व र जिम्मेवारीप्रति किन प्रध्यापक संगठनले आवाज उठाउनु पर्ने होइन । प्रध्यापक संगठन कसका लागि खोलिएका हुन् ? यसमा पनि प्रध्यापक संगठनहरूको गल्ती देखिन्छ । प्रशासनले विद्यार्थीको समस्या सुन्नुपर्ने होइन । प्रशासनले सुन्दै नसुने पछि हामी यस्तो हर्कत गर्न बाध्य भएका हौँ ।’

 

 

चौहानले भने, ‘विष्णुराज जस्ता व्यक्तिहरू विश्वविद्यालयमा सैयौँको संख्यामा रहेका छन् । उनीहरूविरुद्ध पनि विद्यार्थी आवाज बलियो बनाउँदै हामी अगाडि बढ्ने तयारीमा छौँ । माथिल्लो निकायले कृषि तथा वन विश्वविद्यालयलाई नियमन गर्न चासो नदेखाएका कारण यस्तो समस्या देखिएको हो । त्यहाँ काम गर्ने पदाधिकारीहरूलाई सरकारी क्वार्टरको व्यवस्था छ । तर, उनीहरू विश्वविद्यालयको कामभन्दा पनि अन्यत्र काम गर्न व्यस्त रहेका छन् । यसको नियमन कसले गर्ने ? कामचोर प्रध्यापकहरूलाई कारबाही गर्नैपर्छ ।’

 

के भन्छन् सहायक डिन विष्णुराज ओझा ?

 

उनी भन्छन्, ‘विद्यार्थीहरूले ममाथि झुटा लन्छना लगाउने काम गरेका छन् । मेरो चरित्र हत्या गर्न उनीहरूले यस्तो हर्कत गरेका हुन् ।’

 

उनले थप्दै भने, ‘यो मविरुद्ध रचिएको षडयन्त्र हो । जो विद्यार्थीहरूले मलाई कालो मोसो घसे उनीहरू मोहरामात्रै हुन् । उनीहरूको पछाडि अरु कसैको हात छ । मलाई कालो मोसो घस्ने ६ जना विद्यार्थीहरू मात्र हुन् । उनीहरूविरुद्ध कारबाही हुनैपर्छ । यसबारे नेपाल प्रध्यापक संघले पनि विज्ञप्ति निकालिसकेकोछ ।’

 

उनले कक्षामा कोठामा १६५ जना विद्यार्थीहरू रहेको भने स्वीकार गरे । उनले आफुले मात्र नभई अन्य प्रध्यापकहरूले पनि त्यसैगरी पढाएको बताए । उनले भने, ‘विश्वविद्यालयमा यदी कोही अनुगमन गर्न आउनु हुन्छ भने तपाई दुई–तीन जना प्रध्यापकबाहेक कोही भेट्नु हुन्न । चरम लापरबाही भएको छ ।’

 

उनले भनेका छन्, ‘विश्वविद्यालयमा यस्तो अप्रिय घटना घट्न दिनुहुँदैन । ती विद्यार्थीहरूलाई कारबाही गर्नुपर्छ । यसबारे प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेका छौँ ।’

 

उनले भने, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालयको कुनै समय आफ्नै परिचय थियो । तर हाल आएर गुण्डागर्दी गर्ने ठाउँको रुपमा चिनिएको छ । विश्वविद्यालयको अवस्था भद्रगोल छ । शिक्षकहरू जिम्मेवार छैनन् । यो समस्या समाधान गर्न चौतर्फी पहलको आवश्यकता छ । दोषीमाथि कारबाही गर्नुपर्छ । नत्र भने विश्वविद्यालयमा यस्तै विकृति हावी भइराख्नेछ ।’

 

विश्वविद्यालयमा भएका चरम अराजक गतिविधिका कारण रामपुर नै अस्तव्यस्त भइसकेको उनले बताए ।

 

चितवनस्थित रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझाले आफूमाथि कालोमोसो दलेर जुत्ताको माला लगाईदिने ६ जनाविरुद्ध प्रहरीमा किटानी दिइसकेका छन्।

 

सोही विश्वविद्यालयमा अध्ययनरत मिलन चौहान, सन्तोष खतिवडा, बामदेव रेग्मी, गोपाल थापा, सुसन पौडेल र विभोर गौलीविरुद्ध किटानी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सो घट्ना राजनीतिक प्रतिशोधका साथ घटाएको भन्दै नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेविसंघले आपत्ति जनाएका थिए ।

 

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 9 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 18 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 28 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।