रैथाने बाली प्रवर्द्धन एवम् संरक्षणमा पहल

सांकेतिक तस्वीर
Education Park

काभ्रेपलाञ्चोक । आदिमकालदेखि परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रबद्र्धन एवं संरक्षण गर्न पहल गरिएको छ । कृषि विभागमार्फत कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा यसको मुख्य क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रवर्द्धन–संरक्षण कार्यक्रम थालेको हो । 

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी लगायत पर्छन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ र चौंरी देउराली गाउँपालिका–८ तथा सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका–६ मा रैथाने बाली विकास प्रवर्द्धन कार्यक्रम सुरु गरिएको केन्द्रका बाली संरक्षण अधिकृत थर्क जिसीले जानकारी दिए । 

 

उनका अनुसार यसका लागि स्थानीय कृषि प्राविधिकलाई तालिमसमेत दिइएको छ । कार्यक्रमअन्तर्गत रैथाने बालीको बीउ निःशुल्क रुपमा कृषकलाई वितरण गरिने तथा रैथाने बालीअनुसार ८५ प्रतिशत अनुदानमा यान्त्रिक औजार दिइने जिसीले बताए । उनका अनुसार अन्य क्षेत्रका कृषकलाई यसप्रति आकर्षण गराउन कृषि ज्ञान केन्द्र र  रैथाने बाली विकास कार्यक्रमको जानकारीमा राखिनेछ । 

 

पोषणको दृष्टिले महत्वपूर्ण मानिएका तर हाल नेपाली भान्छामा कमै प्रगोग हुने गरेकाले रैथाले बालीलाई प्रवर्द्धन एवं संरक्षण गर्न यस्तो कार्यक्रम लागू गरिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका प्रमुख शवनम शिवाकोटीले बताए । उनले भने, ‘लोपोन्मुख अवस्थाका रैथाले बालीलाई नयाँ कृषि कार्यक्रममार्फत प्रवर्द्धन गर्नेछौँ, यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ ।’ 

 

उनका अनुसार रैथाने बालीको उत्पादन बढाई बजारीकरणका लागि कृषकलाई सहयोग गर्न यस वर्षदेखि कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक संरक्षण केन्द्र स्थापना गरिएको हो । यसैको माध्यमबाट लोपोन्मुख रैथाने बाली प्रवर्द्धन–संरक्षण गरिने कार्यक्रम बनाइएको छ । 

 

कृषि विभागले प्राङ्गारिक कृषि प्रवर्द्धन मिशन कार्यक्रमअन्तर्गत रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम लागू गरेको हो । अनुसन्धान र प्रसारमा कम जोड दिइएको यस्ता बालीलाई मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षाको आधार बनाइने लक्ष्य लिइएको केन्द्र प्रमुख शिवाकोटीले बताए । 

 

उनका अनुसार जलवायु अनुकूलित बाली, पौष्टिकताले भरिपूर्ण, उच्च प्रतिस्पर्धी क्षमता, मूल्य अभिवृद्धि तथा विविधीकरणको सम्भावना, बेजोड स्वाद, गुणस्तर उच्च, कृषि पर्यटन, कम लगानी, सिमान्त जमीनमा गर्न सकिने तथा ‘क्लाइमेट स्मार्ट भिलेज’ बन्ने भएकाले यसको प्रबद्र्धन–संरक्षण गर्नुपर्ने उद्देश्य राखिएको छ । 

 

रैथाने बालीमा धान र गहुँको तुलनामा प्रोटिन र फलाम तत्व बढी हुने भएकाले यसप्रति कृषकलाई आकर्षण गर्नुपर्ने आवश्यकता रहेको ज्ञान केन्द्र धुलिखेलका प्रमुख कृष्णभद्र अधिकारी बताए । उनले भने, ‘रैथाने बाली रोपेपछि त्यत्ति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने र  जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन हुन्छ ।’

 

विभागको तथ्याङ्कानुसार कोदोमा २८८ मिलिग्राम क्याल्सियम तथा ४९ दशमलव २ प्रतिशत फलाम पाइन्छ भने फापरमा ६४ मिलिग्राम क्याल्सियम पाइन्छ । यस्तै चामलमा १० मिलिग्राम क्याल्सियम र जिरो दशमलव सात प्रतिशत मात्र फलाम पाइन्छ । 

 

रैथाने बाली विकास कार्यक्रमलाई निरन्तरता दिन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका अन्य स्थानीय तहसँग समन्वय गर्दै जाने योजना बनाइएको छ । विशेष गरी गाउँमा सञ्चालित घरबासमा रैथाने बालीको परिकार दिन सकिने भएकाले उनीहरुलाई कार्यक्रममा समेटिने बाली संरक्षण अधिकृत जिसीले बताए । 

 

उनले भने, ‘गाउँमा रैथाने बाली प्रवर्द्धन गर्न सजिलैसँग सकिन्छ, यसका लागि चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ ।’ काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रैथाने बाली उत्पादन भएपछि बजारीकरण गर्न युवा कृषि मञ्च तथा समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारी संस्थाले चासो देखाएको छ । 

 

मञ्चका अध्यक्ष जयराम सिग्देलले जिल्लामा स्वस्थ एवं प्राङ्गारिक रुपमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्न तयार रहेको बताए । दुई जिल्लामा रैथाने बाली प्रवर्द्धन एवं संरक्षण गर्न व्यावसायिक कृषक घरबास तथा प्राविधिकको सहभागितामा अगुवा कृषक माधवप्रसाद तिमल्सिनाको संयोजकत्वमा समिति पनि बनाइएको छ । (रासस)


थप समाचार

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 3 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 7 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेक्सिको प्रहरीद्वारा अवैध आप्रवासी पक्राउ

  • 10 minutes ago
मेक्सिको प्रहरीद्वारा अवैध आप्रवासी पक्राउ

मेक्सिको सिटी । मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।