पोखरा भर्सेज लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलः कुन पहिला बनिसक्ला ?

  • आइतबार, २४ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौं । पोखरा र लुम्बिनीमा अन्तर्राराष्ट्रिय विमानस्थल बन्दैछ । राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यी दुई विमानस्थलमध्ये कुनको काम पहिला सकिएला ? यस्तो छ दुई अन्र्राष्ट्रिय विमानस्थलको कार्यप्रगति:

 

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आयोजना: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आर्थिक वर्ष २०७४÷७५ को बजेट: १३ अर्ब ६१ करोड

कुल क्षेत्रफल: ७१५ विगहा

निर्माण सम्पन्न हुनुपर्ने मिति: १५ जुन सन् २०१८

म्याद थप पश्चात आयोजना सम्पन्न हुनु पर्ने मिति: २८ जुन सन् २०१९

 

आर्थिक वर्ष २०७४/७५ को प्रगति 

भौतिक प्रगति: ८०.८८ प्रतिशत

वित्तीय प्रगति: १०० प्रतिशत

 

हालसम्मको कूल प्रगति 

भौतिक प्रगति: ५० प्रतिशत

वित्तिय प्रगति: ६६.६३ प्रतिशत

 

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने विमानस्थल हो । लुम्विनीको पर्यटन प्रवद्धनमा यो विमानस्थल महत्पूर्ण हुने अपेक्षा छ । यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले खेप्नु परेको चाप घट्ने छ । गौतमबुद्ध विमानस्थललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको छ । स्थानीय बिबाद, मुअब्जा प्रकरण र निर्माण कम्पनीको आन्तरिक किचलोका कारण निर्माणमा ढिलासुस्ती भइरहेको विमानस्थल यही आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । 

 

०००

 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

 

कुल लागतः २१ अर्ब ४७ करोड

आर्थिक वर्ष २०७४/७५ को बजेट: ४ अर्ब ५३ करोड

 

आर्थिक वर्ष २०७४/७५ को प्रगति 

भैतिक प्रगति: ३३.३४ प्रतिशत

वित्तीय प्रगतिः ३०.०४ प्रतिशत

 

हालसम्मको कूल प्रगति

भैतिक प्रगति: १५ प्रतिशत

वित्तीय प्रगति: ३०.०४ प्रतिशत

आयोजनाको मुख्य समस्या: पहिलो भुक्तानी दिने नीतिगत समस्याका कारण ढिलाई

 

समाधानका प्रयास 

१. आयोजनाको डिजाईन रिभ्यू र सुपरभिजन कन्सलट्याक्टसँग सम्झौता भई कार्य प्रारम्भ भएको 

२. निर्माण दु्रत रुपमा अगाडि बढाइएको 

 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२१ को जुलाईसम्म सक्ने गरी चिनियाँ कम्पनीले काम गरिरहेको छ ।  देशलाई समृद्ध बनाउने प्रमुख आधारको रुपमा पर्यटन प्रवद्र्धनको चर्चा चलिरहेको बेला अन्य विमानस्थलको तुलनामा यसलाई पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । नेपालमा अधिकांश पर्यटक हिमाली क्षेत्रको भ्रमणको लागि आउने गरेका छन । तर, काठमाडौंमा अवतरण गरेर विमान वा गाडीमा पोखरा पुगेपछि मात्र उनीहरुको पर्यटकीय यात्रा सुरु हुन्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाह्य पर्यटक सिधै पोखरा ओर्लिन सक्छन् । 

 


थप समाचार

सलमान अभिनित चलचित्र ‘भारत’को ट्रेलर रिलिज

  • 16 minutes ago
सलमान अभिनित चलचित्र ‘भारत’को ट्रेलर रिलिज

काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खानको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खानलाई बिभिन्न रुपमा देखाइएको छ ।

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

  • 26 minutes ago
मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस

विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

  • 28 minutes ago
विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।