त्यो घटनापछि ऐश्वर्याले सलमान खानलाई फर्किएर पनि हेरिनन्

Education Park

एजेन्सी । आज पनि सलमान खानका लवका किस्साहरु उत्तिकै चर्चित रहेका छन् । सबैभन्दा बढी चर्चामा रह्यो उनको र ऐश्वर्याको सम्बन्ध । सन् २००० को सुरुवातसँगै उनीहरुको प्रेम सम्बन्ध निकै उचाइमा रहेको थियो । एकपछि अर्को घटना घट्दै गएपछि उनीहरुबीच एकाएक सम्बन्ध बिग्रिन थाल्यो । ऐश्वर्यालाई अन्य अभिनेताको नजिक पनि देख्न नचाहने सलमान खान सन् २००३ मा सार्वजनिक भएको फिल्म ‘कुछ ना कहो’ को छायाँकनमा व्यस्त रहेकी ऐश्वर्यासँग विवाद गर्न सलमान छायांकनस्थलमै पुगे । 

 

 विवादकै क्रममा सलमानले धक्का दिएपछि ऐश्वर्या भुइँमा पछारिइन् । त्यतिबेला अभिषेक बच्चन पनि घटनास्थलमै थिए । 

 

त्यसको केही महिनापछि शाहरूख खानको फिल्म ‘चलते चलते’मा ऐश्वर्या छायांकन गर्दै थिइन् । छायाँकनस्थल पुगेर सलमानले पुनः बबन्डर मच्चाए । ऐश्वर्यालाई घिसारेर लैजान पुगे ।

 

 ‘शाहरूख र अरू कतिपय सहकर्मीसँग मेरो लसपस छ भन्ने आरोप लगाउँथ्यो,’ यसबारे ऐश्वर्याले पछि भनिन्, ‘ऊसँग मैले बिताएका सबै क्षण मेरो जीवनका दुःस्वप्न हुन् जस्तो लाग्छ ।’ सलमानको जीवनमा ऐश्वर्याभन्दा अगाडि र पछाडि थुप्रै युवती थिए । तर, ऐश्वर्यासँग जति हुरुक्क उनी कसैसँग भएनन् । 

 

 आज पनि आफ्ना निकटवर्तीहरूसँग सलमानले ऐश्वर्यासँग गरेको व्यवहारप्रति पछुतो मान्ने गरेका छन् ।

 

 

 

 

 

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 3 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 3 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 3 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।