Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीको कारण हजारौं बासिन्दा बिजुलीविहीन

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीको कारण हजारौं बासिन्दा बिजुलीविहीन


सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ ।

क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।

लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तिमा मध्याह्नसम्म बिजुली विहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् ।

एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाब दिएका छन् ।

अस्ट्रेलियाली एबिसी न्युजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अस्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ ।

अन्टार्कटिकाबाट निस्केको ध्रुवीय हावा क्रिसमसको पूर्वसन्ध्या आइतबार देखि मङ्गलबारसम्म देशको दक्षिणपूर्वी राज्यहरूमा प्रवेश गर्ने अनुमान गरिएकोले आँधीबेहरीको असर व्यापक हुने अनुमान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ

Techie IT