प्रहरीलाई ११ थान साइकल प्रदान
कलैया । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् । चाडबाडको बेला शान्तिसुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्ति सुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए।
साइकल हस्तानान्तरणपछि नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवम् चोरी पैठारी नियन्त्रण, लागूपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति सुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उनले बताए । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको
काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार
काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।
काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच
काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि