Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन४६ वर्षपछि फर्कियो नाच्देउ मैच्याङ

४६ वर्षपछि फर्कियो नाच्देउ मैच्याङ


काठमाडौँ। गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ। रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ। उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन्।

यो गीत शम्भुजितले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए। गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ।

सोमबार परेको गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन्। भिडियोको निर्माता गायिका पाल्मु नै हुन्।
‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ। अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु’, राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले भने। शम्भुजित

नेपालको पहिलो म्यूजिक भिडियो निर्देशकसमेत हुन्।
गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन्।

भिडियोका मोडल पल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बासकोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए।
मोडल छिरिङ शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन्।

हरि हुमागाईंको डीओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT