पं. दिनबन्धुको ३ दिने प्रवचनबाट अल्डरसटको मन्दिरलाई उठ्यो ५० हजार पाउण्ड

  • सोमबार, २३ पुष, २०७५
  • 6 months ago
  • युके
Education Park

 

लण्डन । अल्डरसटमा एक शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्धेश्यले आयोजित तीन दिने धार्मिक प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्डको सहयोग संकलन भएको छ । 

 

शुक्रबारदेखि आइतबारसम्म चलेको वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट उक्त रकम संकलन भएको हो । 

 

'हामीले यो कार्यक्रमबाट लक्ष्य राखेभन्दा पनि बढि रकम संकलन गर्न सफल भएका छौं', शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले भने, 'अल्डरसटमा शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि आफ्नै भवन किन्ने हाम्रो सपना अब साकार हुने भएको छ ।'

 

शिव कल्चर तथा कम्युनिटी सेन्टरले ३ लाख पाउण्डको लगानीमा अल्डरसटको क्वीन्स रोडमा मन्दिरको लागि भवन खरिद गर्दैछ । यो कार्यक्रमबाट उत्साहजनक रुपमा रकम संकलन भएपछि अब मन्दिरको भवनलाई सबै रकम बुझाएर सुरुमै फ्रिहोल्ड गराइने भएको छ । 

 

 कार्यक्रमबाट उठेको रकम  र पहिले नै उठेको रकम गरी कुल करिब ३ लाख पुग्ने भएपछी मन्दिरको लागि आवश्यक कोष पूरा भएको छ ।

 

 

पण्डित दिनबन्धु पोखरेलको तीन दिने प्रवचन कार्यक्रममा सहभागी श्रद्धालुहरुबाट प्रतिबद्धता भएको ५० हजार पाउण्डको सहयोगमध्ये १६ हजार पाउण्ड रकम संकलन भइसकेको छ । प्रतिबद्धता गरिएको अरु रकम पनि उठाएर भवनको लागि सबै ३ लाख बुझाउने र जनवरी २८ मा सांचो बुझ्ने तयारी छ । रकम जम्मा हुन बढि समय लागेको अवस्थामा २ हप्ता म्याद थपेर फेब्रुअरी दोस्रो सातासम्म भवन लिइसक्ने योजना छ । 

 

यसअघि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले शुक्रबार श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमको उद्घाटन गरेका थिए । पण्डित दिनबन्धु पोखरेलको प्रवचन सुन्न अल्डरसट र लण्डन आसपासबाट मात्र नभएर बर्मिङहम, कर्नवाल लगायतका क्षेत्रबाट समेत श्रद्धालुहरु आएका थिए । मन्दिरको लागि सहयोग दिने दाताहरु नेपाली र भारतीय समुदायका साथै केहि बेलायती समुदायबाट समेत छन् । 

 

व्यक्तिगत रुपमा सबैभन्दा सहयोग समाजसेवी, व्यवसायी रविजंग लामिछानेले गरेका छन् । सुरुमा १३ हजार पाउण्डको प्रतिबद्धता गरेका लामिछानेले कार्यक्रमकै क्रममा २ हजार बढाएर १५ हजारको सहयोग घोषणा गरे । त्यस्तै, संस्थागत रुपमा फार्नबरो साई सेन्टरबाट अध्यक्ष सुष्मा कुमारी गुरुङको पहलमा ५० हजार पाउण्डको सहयोग आएको छ । 

 

सिर्जनशिल नेपाली समाज, विश्वकर्मा समाज, तमु धिं युके, गोर्खा जिल्ला समाज, तनहुं जिल्ला समाज, ग्रेटर रश्मोर नेपाली कम्युनिटी लगायतका बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाहरुको तर्फबाट पनि सक्रिय सहयोग भएको सेन्टरका अध्यक्ष गुरुङले बताए । 

 

 

सन् २००७ मा स्थानीय नेपाली तथा भारतीय समुदायको पहलमा अल्डरसटमा एक शिव मन्दिर स्थापना गर्ने लक्ष्यसहित शिव कल्चर एण्ड कम्युनिटी सेन्टर स्थापना भएको हो । आफ्नै भवनको अभावमा सेन्टरले हल भाडामा लिएर धार्मिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।

 

मन्दिरको भवन खरिद गर्न आवश्यक कोष जुटाउन पछिल्लो समय सक्रियतासाथ लागेको सेन्टरले श्रीमदभागवत पुराण र प्रवचनको कार्यक्रम आयोजना गरेको हो । यो कार्यक्रमको संयोजन हरि भट्टराईले गरेका थिए । 

 

अब सेन्टरले आफ्नै भवन खरिद गरेपछि शिव मन्दिरको साथै प्रवचन, योगा, नृत्य कक्षा, भाषा कक्षा लगायतका समुदायिक हितका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कम्युनिटी सेन्टरका रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ । 

 

तस्विरहरु :  मिलन तमु 

 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 6 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।