अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • आइतबार, २३ मंसिर, २०७५
  • 6 months ago
  • युके
Education Park

 

अल्डरसट । बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीले बेलायतमा नेपालीहरुको बाक्लो बस्ती रहेको रश्मोर बरो काउन्सिलअन्तर्गत अल्डरसटमा सञ्चालन भइरहेको शिव मन्दिर तथा  कल्चरल सेन्टरको अवलोकन भ्रमण गरेका छन् ।

 

शनिबार सांझ पत्नी पुनम राज्यलक्ष्मी सुवेदीका साथ सेन्टरमा पुगेका राजदूत डा सुवेदीले शिव मन्दिरको दर्शन गरी प्रसाद समेत ग्रहण गरे । 

 

त्यसअवसरमा उनले  भाडामा अहिलेसम्म भाडामा सञ्चालन भइरहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले खरिद गर्न लागेको भवनको पनि निरिक्षण गरे ।  मन्दिरको लागि रोजिएको भवन बजार क्षेत्रमै रहेको कारण स्थानीय भत्तालुहरुको लागि पैदल दुरीमै पर्ने एकतले उक्त भवन बनावट र लोकेसनका आधारले उत्तम रहेको प्रतिक्रिया राजदूत डा सुवेदीले दिए ।

 

उनले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।  

 

 

मन्दिरको भवन खरिदको लागि रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेको विशेष पहलमा साई सेन्टर फार्नबरो, विश्वकर्मा समाज, एसियन महिला समाज, सृजनशील समाज, इन्डियन हिन्दु समाजबाट सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको छ । सो भवनका लागि स्थानीय समाजका अभियन्ताहरुको पुर्ण सहयोग समेत प्राप्त भइरहेका छ । 

 

मन्दिर अवलोकनका क्रममा राजदूत डा सुवेदीले मन्दिरको भवन खरिदको लागि सक्रिय सेन्टरका अध्यक्ष रोहित गुरुङ उपाध्यक्ष गोपाल विक, भवनका लागि आवश्यक पहल गर्ने सल्लाहकार हर्क गुरुङ, महासचिव विक्रम भट्टराई , कोषाध्यक्ष बाचस्पति रेग्मी, सल्लाहकार भिम बांनिया, सदस्य ईन्द्र शर्मा, समाजसेवी हरि भट्टराई, सल्लाहकार एवम् पर्वत अन्तराष्ट्रिय समाजका अध्यक्ष पुरन गीरी र एनआरएन यूकेका उपाध्यक्ष शेर सुनार, पवित्रा भट्टराई लगायतलाई धन्यवाद ज्ञापन गरेका थिए । 

 

सेन्टरले मन्दिर भवनको लागि कोष जुटाउने लक्ष्यसहित आउंदो जनवरी ४ देखि ६ सम्म वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रवचन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा आफु पनि सहभागी हुने वचन दिंदै राजदूत डा सुवेदीले  सबै भक्तालुहरुलाई उक्त कार्यक्रममा सहभागी हुन र सहयोग गर्न आग्रह पनि गरे । 

 

शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको कार्यसमितिले पनि कला, संस्कृति र इतिहासको संरक्षणको लागि खरिद गर्न लागिएको भन्दै सहयोगको लागि अग्रह गरेको छ ।

  

 


थप समाचार

बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

  • 4 minutes ago
बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान खतरा लेखिएको सुतली बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीयमा त्रास फैलि

फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

  • 6 minutes ago
फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

एजेन्सी । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो कबिर सिंह । यस फिल्मले बक्स अफिसमा एकपछि अर्को दिन राम्रो कमाइलाई सन्तुलित राखेको छ ।

मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

  • 8 minutes ago
मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विदुर नगरपालिकाका मेयरको निवासमा बम भेटिएको छ । मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा सोमबार राति प्रेसर कुकर बम भेटिएको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।