IIMS College

ISMT

HUB Education

दीपिका र प्रियंकापछि बेहुली बन्ने पालो आलियाको !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । यसका साथै बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि अमेरिकी गायक निक जोन्सको साथमा चाँडै बैबाहिक बन्धनमा बाँधिदैछन् ।  

 

त्यसोत, बलिउडकी अर्की क्युट अभिनेत्री आलिया भट्ट पनि चाँडै बेहुली बन्दै गरेकी समाचार पनि मिडियाहरुमा आउन थालेको छ । तर अभिनेत्री आलियाले अभिनेता रणवीर कपुरसँग विहे गर्दै छन् भन्ने समाचार भ्रामक भएको बताएकी छन् । सोही कारण आलियाको प्रसंशक तथा शुभचिन्तकहरुले विहे भने कुर्नै पर्ने भएको छ । 

 

समाचारमा आए अनुसार आलियाले २०१९ मा अभिनेता रणवीर कपूरसँग बैबाहिक बन्धनमा बाँधिने वालामा छन् । तर अभिनेत्री आलियाले भर्खरै सबैलाई आफ्नो बिहेको लागि कुर्नुपर्ने बताइसकेकी छन् । अभिनेत्री आलियाले ‘लक्स गोल्डेन रोज अवार्डस् २०१८’ मा भनिन्, ‘यदि सबै मेरो बिहेको पर्खाईमा छन् भने अझैं कुर्नुपर्ने हुन्छ ।’ 

 

अभिनेत्री आलिया र अभिनेता सिद्धार्थ मल्होत्राको सम्बन्धमा चिसोपन छाएपछि उनी सिङ्गल नै रहँदै आएकी थिइन् भने अर्को तर्फ अभिनेता रणवीर कपूर र अभिनेत्री क्याट्रिना कैफको रिलेशन पनि चिसिएको थियो । 

 

यसरी एक्ला एक्लै रहँदै आएका आलिया र रणवीरबीच एक फिल्मको दौरानमा भेट भएको थियो । त्यसरीले उनिहरुको सम्बन्ध नजिकिदै जाँदा उनिहरुको बिहे हुदैछ भन्ने समाचार पनि सार्वजनिक हुन पुगेको हो । त्यसोत, यो जोडी पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा सँगै देखिदै आएका छन् । यो जोडी सोनम कपूर र आनन्द आहुजाको विहेको रिशेप्शनमा सँगै पुगेका थिए ।

 

अब यो जोडी फिल्म ‘ब्रम्हास्त्र’मा पनि सँगै देखिदै छन् । जोधपुरमा हुँदै गरेको अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको हुँदै गरेको विहेको प्रतिक्रिया दिदै आलियाले भनिन्, ‘प्रियंकाको विहेलाई लिएर निकै खुसी छु । प्रियंकाको बेहुली पहिरण हेर्न उत्सहित छु । उनी अत्यन्तै सुन्दरी बेहुली लुक्समा देखिनेछन् ।’

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।