Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा १ वर्षपछि ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजारमा १ वर्षपछि ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


काठमाडौँ । आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अङ्कले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् । पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुगेका थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

Techie IT