Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियशीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता


एजेन्सी । विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन् ।

यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो । विशेष गरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन् । आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दै छन् ।

यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताएका थिए । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्त अनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहो¥याएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गरेको बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT