धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो । 

 

अदालतले आदेश दिए पनि उनी भुक्तानी दिन सकिरहेका थिएनन् । उनी जेल जाने लगभग निश्चित भइसकेको थियो । तर, महत्वपुर्ण समयमा मुकेश अम्बानीले भाईलाई जोगाएका छन् । उक्त बक्यौता रकम तिरिदिएकोमा मुकेश अम्बानी र भाउजु निता अम्बानीप्रति सम्मान व्यक्त गर्दै उनले एउटा बयान नै जारी गरेका छन् बयानमा उनले भनेका छन्,‘मुश्किल समयमा मलाई आफ्नो परिवारबाट मदत मिलेको छ । यसले हाम्रो परिवारको मुल्य मान्यता बलियो भएको प्रष्ट देखाएको छ ।जतिबेला मलाई सबैभन्दा धेरै मदतको आवश्यकता थियो त्यति बेला मेरो परिवारले मलाई साथ दियो ।’

 

एक समय थियो जब यी दुई दाजुभाईको सम्बन्ध खासै राम्रो थिएन । एकआपसलाई प्रतिद्वन्द्वीका रुपमा हेरे । अनिलले भनेका छन्,‘म र मेरो परिवार यस कुराका लागि अति नै आभारी रहेको छ । अतितबाट बाहिर आउन  सकेका छौँ । यस मदतका लागि दिलैबाट आभार व्यक्त गछौँ ।’

 

अनिल अम्बानीले गएको साल नै व्यक्तिगत रुपमा वचन दिएका थिए कि एक वर्षभित्र इरिकसनको पैसा फिर्ता दिनेछन् । सोमबार रिलायन्स कम्युनिकेशनबाट ६.७ अरब डलर रकम मिलेको स्वीडेनको टेलिकम ग्रुप एरिकसनले बताएको छ । 

 

भारतमा कर्पोरेट इतिहासमा अनिल अम्बानी एकाएक चौपट हुनुमा नाटकिय घटना भएको मानिन्छ । सन् २००८ मा उनी रिलायन्स कम्युनिकेशनका साथ विश्वकै धनी व्यक्तिको आठौँ स्थानमा रहेका थिए । रिलायन्स कम्पनी एसियाकै राम्रो टेलिकम कम्पनीका रुपमा मानिन्थ्यो । तर, सन् २०१० पछि अन्य टेलिकम कम्पनीसँग अनिलको कम्पनीले प्रतिस्पर्धा गर्न सकेन । उनलाई करोडौँ डलरको ऋणमा डुब्न पुग्यो । उनको दाइको टेलिकम कम्पनी जियोले उनलाई ठुलै धक्का हान्यो । 

 

अनिल अम्बानी भारतका दोस्रा उद्योगपति हुन् जसलाई अदालतले दोषी ठहराएको थियो । पहिलो उद्योगपछि सहारा ग्रुप अफका चेरम्यान स्रुवत राय थिए जसलाई अदालतले दोषी भएको ठहराएको थियो । 

 

दुई धनी दाजुभाइको कथा

भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन् १९५७ मा भएको थियो भने अनिल अम्बानीको सन् १९५९ मा भएको थियो । व्यापारी परिवारमा जन्मिएका यी दुई दाजुभाईले पनि आफ्नो व्यापारको ठुलो एम्पायर बनाउन सफल भए । सन् २००५ मा यी दुई दाजुभाई मिलेर बनाएको १ लाख करोडको सम्पत्ति भागभण्डा लगाएका थिए । धिरुभाइ अम्बानीको मृत्युपछि केही समयसँगै काम गरेता पनि पछि उनीहरुबीच मनमुटाव भएका कारण अन्तत भागभण्डा लगाउन पुगेका थिए  । त्यस दौरान कसैले पनि कल्पना गरेका थिएनन् कि डेढ दशकमा मुकेश अम्बानीको औद्योगिक सामराज्य १६ गुणाले बिस्तार हुनेछ र अर्का भाइ अनिल अम्बानी टाट पल्टिने संघारमा पुग्नेछन् ।

 

सन् २००५ मा जब मुकेश अम्बानी र अनिल अम्बानीबीच भागभण्डा भयो तब उनीहरु बीच लगभग बराबर सम्पत्ति थियो । अब भने मुकेश अम्बानीको सम्पत्ति अनिल अम्बानीभन्दा  ७.९७ लाख करोडले बढी रहेको छ ।  

 

भागभण्डा गरेपछि मुकेश अम्बानीको सम्पत्ति लगातार बढेको बढ्यै छ । उता अनिल अम्बानी चुर्लुम्म ऋणमा डुबेका छन् । भागवण्डा गरेपछि सन् २००६ मा अनिल अम्बानी भारतको तेस्रो धनी व्यक्ति थिए । उनीभन्दा मुकेश अम्बानी धेरै नै तल रहेका थिए । अनिल त्यस समय ५५० करोडले अगाडि रहेका थिए । हालै अनिल अम्बानीको रिलायन्सले टाटपल्टिएको घोषणा गरेको छ । यसले गर्दा बजारमा ठुलो हलचल आएको छ । शेयर मुल्यमा पनि ठुलो गिरावट आएको छ । केही महिना अगाडि ८४४ शेयर मुल्य रहेको रिलायन्स १०० मा झरेको थियो । त्यसपछि एकाएक ११ रुपैयाँमा झरेको थियो । गएको हप्ता भने सेयर मुल्य ५ रुपैयाँमा झरेको छ । 

 

उनले टाटपल्टिएको निवेदन अदालतमा पेश गरेका थिए । उक्त निवेदन अस्पतालले पनि स्वीकार गरेको छ । 

 

धिरुभाइ अम्बानीले १५ हजारको लगानीबाट टेक्सटाइल कम्पनी खडा गरेका थिए । उक्त कम्पनी खडा गरेको एक वर्षपछि मुकेश अम्बानीको जन्म भएको थियो । सन् १९८१ मा पाताल गंगा पेट्रो केमिकल प्लान्ट बनाउन उनी एमबिएको पढाइ छोडेर आफ्नो पितासँग काम गर्न भारत फर्किए । त्यस समय उनी २४ वर्षकामात्र थिए । 

 

अमेरिकामा एमबिए सकेका मुकेशले भने को–चिफ भएर रिलायन्समा काम गर्न सुरु गरेका थिए । त्यस समय उनको उमेर २४ वर्ष रहेको थियो । 

 

रिलायन्ससँग जोडिएपछि उनले रसिकभाइ गोस्वामीसँग मिलेर काम गर्न थाले । हरेक दिन भएका कार्यहरुको रिपोर्टले उनले रसिक भाइलाई दिने काम गर्थे । 

 

उनको आदेश अनुसार नै काम गर्थे । सन् १९८५ मा रसिक भाईको निधन भएको थियो । त्यस लगत्तै अर्को वर्ष धिरुभाइ अम्बानीलाई पनि हटअट्याक आएको थियो । त्यसपछि रिलायन्सको सबै जिम्मेवारी मुकेश र अम्बानीको काँधमा आएको थियो । 

 

त्यसपछि मुकेशले रिलायन्स इन्फोकमको स्थापना गरेका थिए । सन् २००२ मा अर्को हट्अट्याकका कारण धिरुभाइ अम्बानीको मृत्यु भयो । यो घटना अम्बानी परिवारलाईभन्दा पनि रिलायन्स कम्पनीलाई ठुलो झट्का रहेको थियो । 

 

धिरुभाईले दाजुभाईमा कुनै फुट नआउने भन्दै कुनै भागवण्डाको कागजपत्र बनाएका थिएनन् । त्यसपछि दाजुभाईमा कामकाजलाई लिएर विस्तारै विवाद बढ्न थाल्यो । रिलायन्सको दाबी गर्दै दुवै दाजुभाईबीच मनमुटाव हुनथाल्यो ।

 

सन् २००५ मा यो समस्या छताछुल्ल हुन पुग्यो । विवाद बढेपछि मुकेश अम्बानीले रिलायन्सका सबै कर्मचारीलाई मेसेज गर्दै भनेका थिए, ‘धिरुभाईको यो विरासतमा कुनै पनि भ्रम रहेको छैन ।’

 

मुकेश अम्बानी हरेक कुरालाई ग्राउण्ड लेभलबाट अध्ययन गरेरमात्र योजना निर्माण गर्दथे । त्यस्तै आधुनिक लाइफस्टाइललाई प्राथमिकतामा राख्ने अनिलले भने तल्लो लभेलमा रहेर बुझ्न नचाहेको समिक्षकहरुले बताएका थिए । तर, देशको क्यापिटल मार्केटको श्रेय भने अनिललाई जाने गर्छ । 

 

उनी फिटनेश लगायत अन्य क्रियाकलापमा सर्तक रहने गर्छन् । उनी चर्चित हस्तीहरु अमिताभ, अमरसिंह जस्ता पात्रहरुको निकै नजिक रहेका छन् । यसै कारण उनी राज्यसभा सांसद पनि बने ।  

 

दाजुभाईबीच फुट

तर, दाजुभाईमा कामकाजको जिम्मेवारी थपिएपछि उनीहरुबीच बोलीचाली नै बन्द भएको थियो । सन् २००४ मा रिलायन्सको सबै आर्थिक रेखदेख मुकेश अम्बानीले गर्ने अधिकार पाएपछि अनिलले चार पेजको पत्र लेखेर यसको विरोध गरे । सन् २००५ मा रिलायन्सको भागभण्डाको माहोल तयार भयो । फेक्ससिप रिलायन्स उद्योगको जिम्मा मुकेश अम्बानीलाई दिइयो । पेट्रो केमिकल ओइल, ग्याँस रिफाइनिङ र टेक्स टाइल जति मुकेशको भागमा पर्यो । अनिलको भागमा धिरुभाइ टेलिकम, पावर, इन्टरटेनमेन्ट र फाइनान्स पर्यो ।

 

डेढ दशमा मुकेश अम्बानीले आफ्नो औद्योगिक सामराज्य यति धेरै विकास गरे कि उनले चीनका व्यापारी ज्याक मालाई पनि पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बने । उनले रिलायन्सलाई टक्कर दिन जियो लन्च गरे जसले भारतमा इन्टरनेटमा नयाँ क्रान्ति नै ल्याओ । हाल मुकेशको सम्पत्ति ३५ अर्व अमेरिकी डलर पुगेको छ । त्यस्तै टाटपल्टिन ठिक्क परेको रिलायन्स कम्पनीका मालिक अनिलको १.७ विलियन अमेरिकी डलर रहेको छ । सन् २००५ मा कच्चा तेलको मुल्य ७ डलर प्रतिव्यारेल रहेको थियो । मुल्यमा उतारचढाव भएका कारण कतै डुब्ने त होइन भन्ने उनमा धेरै आशंका रहेको थियो ।

 

त्यस समय टेलिगमको बिजनेश उचाइमा रहेको थियो । अनिललाई समस्या पर्ने गरी मुकेश कुनै पनि बिजनेश सुरु गर्ने तयारीमा रहेका थिएनन् । सन् २०१० सम्म उनीहरुबीच प्रतिस्पर्धा नगर्ने सर्त रहेको थियो । सर्त सकिए लगत्तै मुकेशले जियो लन्च गरे । मुकेशले अन्त गरेको कमाइ टेलिकममा लगानी गर्न थालेपछि अनिलको टेलिकममा ठाडै असर पुग्यो । यसले गर्दा उनको शेयर मुल्य घट्दै गयो । अन्तत उनमाथि ऋणको बोझ थुपारिदै गयो र ऋण चुक्ता गर्न सम्पत्तिहरु बेच्ने अवस्था पनि आइलाग्न थाल्यो ।

 

उनका अरु कम्पनीहरु पनि उत्तिकै खराब अवस्थामा पुगिरहेका छन् । पछिल्लो समय उनी राजनीतिक व्यक्तिहरुसँग हिमचिम बढाइ रहेका छन् । रिलायन्स टाट पल्टेपछि उनले अब मुकेशसँग सम्बन्ध विस्तार गर्न खोजेको समेत बताइएको छ । एक मिडिया रिपोर्टका अनुसार मुकेश अनिलको रिलायन्स कम्पनी किन्ने तयारीमा रहेका छन् । कुनै समय १७००० करोड मुल्य बराबरको रिलायन्सको मुल्य आज जम्मा १५०० करोड रहेको छ ।    

 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।