राजदूत शेर्पाको औपचारिक न्यू साउथ वेल्स भ्रमण; नेपाली समुदाय र राज्य सरकारबीच सम्बन्ध बढाउने अवसर

नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच भगिनी (सिस्टर स्टेट) सम्बन्ध स्थापित गर्ने प्रस्ताव

Education Park

सिड्नी । अस्ट्रेलियाको लागि नेपाली राजदुत नियुक्त भएको करिव एक वर्ष पछि राजदूत लक्की शेर्पाले न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमण गरेकी छिन् ।

 

सेप्टेम्वर २५ मंगलबार र २६ बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा राजदुत शेर्पाले राज्यका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गरेकी थिइन । “आफ्नो औपचारीक न्यु साउथ राज्य भ्रमण निकै सफल भयो ।” राजदूत शेर्पाले  भनिन, “भर्खरै संघियतामा गएको नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच भगिनी (सिस्टर स्टेट) सम्बन्ध स्थापित गर्न राज्यका पदाधिकारीहरु सकारात्मक छन् ।” 

 

अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा धेरै बसोवास रहेको राज्य भएकोले राज्यका पदाधिकारीहरुले पनि नेपाली समुदायको बिभिन्न मुद्दा र बिशेषताबारे ध्यानपूर्वक सुनेको राजदुत शेर्पाको भनाई थियो । 

 

न्यु साउथ वेल्सकालागि नेपाली महाबाणिज्यदुत दिपक खड्कापनि सहभागि औपचारिक भ्रमणको पहिलो दिन कार्यवाहक प्रधानन्यायाधीश मार्गरेट बिज्ली,  न्यू साउथ वेल्स प्रिमियर कार्यालयका सचिव टिमोथी रियर्डन र बहुसास्कृतिक मन्त्री रे विलियम सँग भेट भएको थियो । उक्त दिन बहुसास्कृतिक मन्त्री रे विलियमले दिवा भोजको आयोजना गरेका थिए ।

 

उक्त भेटमा अस्ट्रेलियामा इमर्जीङ नेपाली समुदायको राज्यका बिभिन्न तहमा सहभागिता र समुदायको बिकासका लागि कम्यनिटी ग्रण्टमा पहुचबारे द्धिपक्षिय छलफल भएको थियो । नेपाली समुदायको तर्फबाट सिड्नीमा समुदायिक भवनमाग रे विलियम सँग राखिएको राजदुत शेर्पाले बताइन । 

भ्रमणको दोस्रो दिन नेपाली टोलीले न्यू साउथ वेल्सका गभर्नर डेभिड हुर्लेसँग गभर्मेन्ट हाउसमा भेट भएको थियो । भेटमा न्यू साउथ वेल्स राज्य र नेपालको कुनै एक प्रदेशलाई सिष्टर स्टेट बनाउने प्रस्ताव नेपाली राजदूतले राख्दा यसमा गभर्नरले सकारात्मक जवाफ दिएका थिए ।

 

यस्तै नेपाललाई एक जोडी कँगारु उपहार दिन राजदुतले राखेको प्रस्ताव गभर्नरले स्वीकारेको बताइएको छ । नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसरमा २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने बिषयमा पनि छलफल भएकोे राजदूत शेर्पाले बताइन ।

 

भ्रमण टोलीको अर्को भेट न्यूसाउथवेल्स लेजिष्लेटिभ एसेम्लीकी सभामुख शेली हानकक,  विपक्षी दलका नेता लुक फोली र सांसदहरु स्टिभ क्याम्पर, मार्क कुरी, जोडी म्याकीसँगको भेटमा द्धिपक्षिय हितका विषयमा कुरा भएको भएको थियो ।

 

न्यूसाउथवेल्सको लेजिष्लेटिभ काउन्सिलका अध्यक्ष जोन अजाका, न्यूसाउथवेल्स विजनेस चेम्बरकी महाप्रबन्धक पाउला मार्टिन, न्यूसाउथवेल्स लेजिष्लेटिभ एसेम्बलीकी सभामुख हेलेन मिन्नीकनसँग पनि औपचारिक भेट भएको थियो ।

 

एन एस डब्लु विजनेस चेम्बरकी निर्देशक मार्टिनले नेपालले २०१९मा गर्ने विजनेस समिटमा यहाँका अष्ट्रेलियन लगानीकर्तालाई सहभागी गराउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन ।

 

नेपाली समुदाय र न्यू साउथ वेल्सको राज्य सरकारबीच सम्बन्ध बढाउन यो भ्रमण निकै महत्वपूर्ण भएकोे न्यु साउथ वेल्सकालागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले बताए । 

 

भ्रमणमा ब्यक्त प्रतिबद्धताहरु पुरा गर्न दुतावास र राज्यका निकायहरु नियमित सम्पर्कमा रहेने भएका छन् । 

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 7 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 8 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 10 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।