चलचित्र ‘अमेरिका बोइज’ लाई दर्शकको राम्रो प्रतिक्रिया

काठमाडौं । प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबार    देखि  प्रदर्शनमा  आएको छ ।  चलचित्र ‘अमेरिका बोइज ’ले दर्शकबाट राम्रो प्रतिकृया पाएको छ । 

 

शुक्रबार र शनिबार हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधिकांस दर्शकहरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन् । 

 

करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । 

 

फिल्ममा अमेरिकाको डिभी पर्यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाडौंमा मोज गर्ने ३ यूवाको कथालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । 

 

वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कही कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिँदैन । कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुनबेला रुवाउँछ पत्तै पाईदैन । फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नुपर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ ।  

 

‘अमेरिका बोइज’ प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो । फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् ।

 

नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् ।अभय र आशिष । पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ । 

 

यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।

 

‘अमेरिका बोइज’ प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।  

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 6 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 6 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 6 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।