IIMS College

ISMT

HUB Education

अमेरिकामा नागरिकता नीति फेरिँदै, जन्मकै आधारमा नपाइने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार परिवर्तन गर्ने बताएका छन् ।

 

आप्रवासनसम्बन्धी कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले उक्त अधिकार अन्त्य गर्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षरको तयारी गरेको मंगलबार जनाएका हुन्  । 

 

राष्ट्रपतिको यो कदम आप्रवासीविरुद्ध हालसम्मकै कडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

 

ट्रम्पले त्यसका लागि प्रक्रिया सुरु भइसकेको जनाउँदै अमेरिकी कंग्रेसले आफूलाई साथ दिने विश्वास व्यक्त गरेको वासिङ्टन पोस्टले जनाएको छ । ट्रम्पले भने, ‘हामी कंग्रेसको समर्थनमा यो गर्न सक्छौं तर मानिस चाहन्छन् कि मैले कार्यकारी आदेशमार्फत गरूँ ।’

 

आफ्नो कदमको प्रतिरक्षामा ट्रम्पले ‘अमेरिका विश्वमै एक मात्र जन्मका आधारमा नागरिकता दिने देश भएको’ दाबी गरे । तर हाल ३३ देशले कुनै सर्तबिना जन्मकै आधारमा नागरिकता दिने गर्छन् । त्यसमध्ये क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायतका अमेरिकी देशहरू छन् ।

 

‘एउटा मानिस अमेरिका प्रवेश गर्छ, उसले वच्चा जन्माउँछ र त्यो बच्चा बिनाकुनै सर्त ८५ वर्षसम्म अमेरिकाको नागरिक हुन्छ,’ ट्रम्पले भने, ‘यो निकै हास्यास्पद छ । यसको अन्त्य हुनै पर्छ ।’

 

अमेरिकी संविधानको १४ औं संशोधनको मर्म अनुसार आप्रवासन र राष्ट्रियता ऐनमा अमेरिकी भूभागमा जन्मेका व्यक्तिले स्वतः नागरिकता पाउने प्रावधान छ । सन् १८६८ मा गरिएको संशोधनमा ‘अमेरिकामा जन्मेका वा प्राकृतिक रूपमा उत्पन्न रहेका व्यक्ति अमेरिकाको नागरिक हुनेछन्’ भन्ने उल्लेख छ । राष्ट्रपतिको आदेशपछि संविधानको उक्त व्यवस्थाबारे बहस उत्पन्न हुने ठानिएको छ ।

 

ट्रम्पले आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा महत्त्वपूर्ण निर्णय गर्न लागेका हुन् । निर्वाचनलाई रिपब्लिकनहरूले आप्रवासन नीतिको जनमतसंग्रहका रूपमा समेत व्याख्या गर्ने गरेका छन् ।

 

सोमबार राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा ‘अमेरिकामा नयाँ जीवन चाहने मेक्सिकन शरणार्थीलाई राम्रो पालमा राखिने’ बताएका थिए । ट्रम्प प्रशानसनले त्यसका लागि ‘पाल सहर’ बनाउन लागेको जनाएको थियो । कान्तिपुरमा खबर छ ।


थप समाचार

एक प्यालेस्टाइनी महिलाको हत्या भएपछि...

  • 3 minutes ago
एक प्यालेस्टाइनी महिलाको हत्या भएपछि...

जेरुसेलम । जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ ।

जापानमा डुङ्गा दुर्घटना

  • 5 minutes ago
जापानमा डुङ्गा दुर्घटना

टोकियो । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 44 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।