माक्स निर्यातमा रोक लगाएपछि अमेरिकासँग क्यानडा रिसायो

काठमाडौँ, २५ चैत । अमेरिकामा कोरोना भाइरस नियन्त्रण बाहिर रहेको छ । पछिल्लो रिपोर्ट झन् भयावह रहेको छ । दिनमै हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ । हालसम्म अमेरिकामा झण्डै ११ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

 

यो आँकडा झन् बढ्ने अधिकारीहरु बताउँछन् । त्यस्तै संक्रमितहरुको संख्या पनि ३ लाख ६७ हजारभन्दा बढी रहेको छ । यो महाप्रकोपबाट गुज्र्रिरहेको अमेरिकामा आम मानिसले ठुलै समस्याको सामना गरिरहेका छन् ।

 

आम मानिसहरुले माक्स समेत पाएका छैनन् ।

 

अमेरिका जस्तो शक्तिशाली देशमा माक्स लगायत अन्य उपभोग्य सामान समेत कालोबजारी भएपछि झन्  संकटको अवस्था आएको छ । अमेरिकाले उक्त संकटमा कमी ल्याउन क्यानडालाई बेच्दै आइरहेको माक्स बन्द गर्ने निर्णय गरेको छ ।

 

यो निर्णयसँगै अमेरिकासँग क्यानडा रिसाएको मिडिया रिपोर्टमा उल्लेख छ । क्यानडामा पनि कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । तर, क्यानडा सरकारले अमेरिकाबाट यो कदमको अपेक्षा नगरेको बताएको छ ।

 

क्यानडा सरकारले अमेरिकालाई सेप्टेम्बर ११ को घटनामा आफुले गरेको सहयोग नबिर्सन समेत बताएको छ ।

 

क्यानडाका एक अधिकारीले अमेरिकाले एकजनाले भेटभरी खाना खाने र अर्कोलाई भोकै छोड्ने व्यवहार गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् । 


थप समाचार

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 33 seconds ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 39 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 1 hour ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।