यो देशमा भइरहेको छ कोरोना पार्टी, जानी जानी फैलाउँदैछन् कोरोना भाइरस

एजेन्सी । विश्वमा कोरोना भाइरसका बिरामीहरू तीब्र गतिमा बढी रहेका छन् । सबैभन्दा बढी कोरोनाको मारमा परेको देश हो अमेरिका । हालसम्म अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या १३ लाख २१ हजारभन्दा बढी रहेको छ ।   

 

यसैबीच, लकडाउन भत्काउने र थुप्रै अमेरिकी शहरहरूबाट सामाजिक दूरी नस्वीकार्ने रिपोर्टहरू आएका छन्। सोही समयमा धेरै अमेरिकी अधिकारीहरू कोरोना पार्टीको बारेमा चिन्तित छन्।

 

एएफपीको रिपोर्टका अनुसार वाशिंगटनको वाल्ला वाला काउन्टीका कोरोना भाइरस पार्टीको कारण झन् कोरोना फैलिएको अधिकारीहरुले जनाएका छन् । 

 

त्यस्ता १०० जना कोरोना केसहरू बाहिर आएको मिडिया रिपोर्टमा उल्लेख छ । पार्टीमा रहेका व्यक्तिहरूले जानाजानी भाइरस फैलाएको समेत बताइएको छ । पार्टीमा मानिसहरुले जानीजानी भाइरस फैलाएको समेत बताइएको छ । 

 

वाशिंगटनका स्वास्थ्य सचिव जोन वेसमैनले भनेका छन् महामारीको बीचमा मानिसहरूलाई जम्मा गर्नु खतरनाक छ। यसले मानिसहरूलाई अस्पतालमा भर्ना हुन सक्ने सम्भावना बढाउँछ र मृत्यु पनि हुन सक्छ।

 

 

अमेरिकी अधिकारीले भनेका छन कोरोनाबाट निको पारिएका मानिस लामो समयसम्म फेरि बिरामी पर्ने छैन सम्भावना हुँदैन तर, यो हालसम्म पुष्टि भने भएको छैन । लामो समय पछि हाम्रो शरीरमा भाइरसको प्रभाव के हुनेछ भन्ने रिपोर्ट अझै आएको छैन । 

 

कोरोना भाइरस पार्टीका कारण अमेरिकामा थप चिन्ताजनक अवस्था देखिएको रिपोर्टमा उल्लेख छ । 

 

एएफपी


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।