अमेरिकामा आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

 

अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार बताएका हुन् । 

 

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । 

 

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए ।

 

स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।  

 

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट ९डिपिए०मा हस्ताक्षर गर्नु परेको पनि बताए । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ । 

 

कार्यदलकी सदस्य डा म्यारी इ। बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए । 

 

उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताए । 

 

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । 


थप समाचार

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 9 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 48 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 1 hour ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।