IIMS College

ISMT

HUB Education

अमेरिकाले यसरी गरेको थियो गद्धाफीको हत्या, यी देशहरुले गरेका थिए सहयोग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  गद्धाफी मानवीय संकटका कारण मारिएका होइनन् । उनलाई मार्नुको एकमात्र उदेश्य तेल र पैसा रहेको थियो । उनको अफ्रिकन गोल्ड–ब्याक्ड करेन्सी नै योजना अगाडि बढिरहेको थियो । सन् २०११ को अप्रिल २ मा हिलारी क्लिनटनका केही इमेलहरु लिक भए । इमेल पठाउने व्यक्तिले प्रष्ट रुपमा भनेको थियो ‘गद्धाफीको हत्या मानवीय सकंट पर्यो भनेर गरिएको थिएन । उनलाई मार्नुको कारण पैसा र तेल नै थियो ।’

 

सन् २०११ को अप्रिलमा वल्र्ड बैंकका प्रमुख रोबर्ट ब्रुस जौयलिकले एक प्यानल डिसकसनमा लिब्याको पुन निर्माणका लागि वल्र्ड बैकको ठुलो भुमिका रहेको र अन्य देशहरुलाई समेत सहयोग गर्न भनेका थिए । 

उनले भनेका थिए,‘पुन निर्माण भनेको आइबेरी कोष्ट, यसको अर्थ अहिले दक्षिण सुडान, यसको अर्थ लाइबेरिया, यसको अर्थ श्रीलंका, मेरो आशा यो लिब्या हुनेछ ।’

 

सामान्य मानिसहरुलाई लागेको थियो कि विश्व बैंकले असफल देशको उद्धारका लागि काम गर्न आइरहेको छ तर अर्थविद् जोन पर्किन्सलाई लागेको थियो विश्व बैंक आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छ । सत्यता अर्को थियो । अमेरिकाको अदृश्य शक्ति हो विश्व बैंक । आइएमएफ अर्को भातृ संगठनभन्दा फरक नपर्ला । 

 

विश्व बैंकमा अमेरिकाको १६ प्रतिशत नियन्त्रण रहेको छ । दोस्रो रहेको जापानको ७ प्रतिशत रहेको छ । अमेरिकाका यही कारण १७ प्रतिशत भोटिङ राइट इन्टरनेशनल मोनेटरी फण्डमा रहेको छ ।  यी संस्थाहरु अमेरिकी विदेश नीति विश्वभर फैलाउन निर्माण गरिएका हुन् । 

लिब्या एउटा ‘दुष्ट’ देश थियो । तर के गद्धाफीको दिमागमा के चलिरहेको थियो, यो प्रश्नले आज पनि उत्तिकै उत्तरहरु खोजी रहेको छ ।

 

आइएमएफका अनुसार लिव्यामा सत प्रतिशत राज्यद्वारा नियन्त्रित लिव्या सेन्ट्रल बैंक रहेको थियो । यसको जगेडा कोषमा १४४ टन सुन भएको मानिएको थियो । मुअम्मर गद्धाफीको आशा भनेको पुरै अफ्रिका र मुस्लिम देशमा सुन समर्थित मुद्रा चलाउन भन्ने थियो । 

 

यसले डलर र युरोलाई कडा चुनौती दिने अपेक्षा गरिएको थियो । 

सिड्नी ब्लुमेनथल, हिलारी क्लिनटन इमेलमा भएको पुष्टि गर्दै भनेका छन्,गद्धाफी सरकारसँग १४३ टन सुन रहेको छ । त्यति नै चाँदी पनि । सन् २०११ को मार्चमा यो स्टक (सभा) ‘नाइजेरिया र चाडसँगको लिव्यन बोर्डर’ सारिएको थियो । लिव्यन केन्द्रीय बैंकबाट सारिएको थियो ।’

 

उनका अनुसार उक्त सुन र चाँदी ७ बिलियन अमेरिकी डलर मुल्य बराबरका थिए । निकोलस सर्कोजीले लिब्या आक्रमण गर्नुको प्रमुख कारण पनि यही रहेको थियो । 

 

सार्कोजीले लिव्यामा आक्रमण गर्नुको प्रमुख कारणहरु

१. लिव्याको तेल उत्पादनमा ठुलो शेयर पाउने आशा

२. उत्तर अफ्रिकामा फ्रान्सको प्रभाव बढाउनु

३. फ्रान्सको आन्तरिक राजनीतिमा सुधार ल्याउनु

४. फ्रेन्च आर्मीलाई पुन विश्वको प्रमुख स्थानमा स्थापित गराउन

५. फ्रान्सका सल्लाहाकारहरुले लिव्या आफ्नो सिमा नाघेको र यसलाई नियन्त्रणमा नलिए आफैलाई खतरा हुने भनेपछि...

अमेरिका र युरोपका देशहरुलाई डर थियो कि यदी सुन समर्थित मुद्रा ल्याएमा यसले डलर र युरोलाई ठुलो खतरामा पार्नेछ । सद्दाम हुसेनसँगको युद्ध पनि तब सुरुवात भएको थियो जब उनले नयाँ युरो मुद्रालाई समर्थन दिए । डलरभन्दा पनि युरोलाई प्राथमिकता दिन थालेपछि अमेरिका र उनको सम्बन्ध बिग्रेको थियो । 

 

अमेरिका यस घटनापछि निकै असुरिक्षत महसुस गर्यो । सद्दाम हुसेनले नयाँ मुद्रा अनुसार तेल बेच्ने निर्णय गरेपछि अमेरिका थप तनाबमा आएको थियो । मुद्राको युद्ध पहिला देखिनै चल्दै आइरहेको थियो । अन्तत दबाब र तनाबकाबीच अमेरिकाले मध्य पुर्वमा आतंक र द्वन्द्व फैलाउने काम गर्यो । 

अफ्रिकाले एउटा स्वतन्त्र आर्थिक संरचना बनाउन खाजेको थियो, जुन कुरा पश्चिमीलाई पचेन । यसले विश्व राजनीतिमा नै ठुलो खलबल मच्चाइदियो । 

 

पिस फाउण्डरका मन्त्री डाक्टर जेम्स थ्रिङले भनेका थिए,‘नयाँ मुद्रा ल्याउने योजना गोप्य रुपमा गर्नुपर्छ । यदी तपाईले ल्याउने नै निर्णय गर्नु भयो भने सबैभन्दा पहिलो निशानामा समेत तपाई नै पर्नुहुनेछ ।’

यसैको नतिजा बने गद्धाफी । उनी सबैले खोजेजस्तो प्रजातान्त्रिक लिडर त थिएनन् तर उनले लिव्याका जनताको अधिकार पनि कहिल्यै खोसेनन् । उनले अफ्रिकाका अन्य देशभन्दा धेरै राम्रो जीवन जिउने वातावरण आफ्ना जनतालाई दिएका थिए । उनले मानव अधिकार पनि हनन नगरेको धेरैको दाबी छ । 

 


थप समाचार

राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

  • 39 seconds ago
राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

एजेन्सी । बेलायती महारानी एलिजावेथका कान्छा नाती प्रिन्स ह्यारीले आफू तथा श्रीमती मेगन मर्केलले राजपरिवार छोडेकोबारेमा प्रष्ट पारेका छन् । आइतबार राति भएको एक कार्यक्रममा आफूहरुको निर्णयको बारेमा आएका

आफ्नै हरर फिल्म हेरेर डराए करण जौहर, बताउँछन् – अब कहिल्यै यस्तो फिल्म बनाउँदिन

  • 4 minutes ago
आफ्नै हरर फिल्म हेरेर डराए करण जौहर, बताउँछन् – अब कहिल्यै यस्तो फिल्म बनाउँदिन

एजेन्सी । फिल्म निर्माता एवं निर्देशक करण जौहरको हरर ड्रामा ‘घोस्ट स्टोरिज’ यसै वर्षको सुरुवातमा ओटीटी प्लाटफर्ममा रिलिज भएको थियो । यो सिरिजलाई दर्शकले खासै मन पराएनन् भने नकरात्मक प्रतिक्रिया पनि दि

रतन टाटाबारे १० रोचक तथ्यहरु !

  • 28 minutes ago
रतन टाटाबारे १० रोचक तथ्यहरु !

एजेन्सी । भारतमा चर्चित कम्पनी हो टाटा ग्रुप । यस टाटा ग्रुपभित्र १०० कम्पनीहरु रहेका छन् जसमा चियादेखि लिएर ५ तारे होटल र सुईदेखि लिएर स्टिलसम्म भने कारदेखि लिएर हजाईजहाज सम्म यसै कम्पनीले निर्माण गर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

रतन टाटाबारे १० रोचक तथ्यहरु !

रतन टाटाबारे १० रोचक तथ्यहरु !

एजेन्सी । भारतमा चर्चित कम्पनी हो टाटा ग्रुप । यस टाटा ग्रुपभित्र १०० कम्पनीहरु रहेका छन् जसमा चियादेखि लिएर ५ तारे होटल र सुईदेखि लिएर स्टिलसम्म भने कारदेखि लिएर हजाईजहाज सम्म यसै कम्पनीले निर्माण गर्दछ । यसै सन्दर्भमा चर्चा गरौं टाटा सन्सका प्रमुख रतन टाटाको बारेमा ।