कोरोना भाइरसलाई जरैदेखि नियन्त्रण गर्न असम्भवः डा फाउची

एजेन्सी । कोरोना भाइरसलाई नियन्त्रण गर्ने हो भने कुनै भ्याक्सिन वा असर गर्ने खालको उपचारविधिको आवश्यकता रहेको ह्वाइट हाउसका कोरोना भाइरस टाक्स फोर्सका डाक्टर एन्थोनी फाउचीले बताएका छन् । यदी त्यसो गर्न नसकिए कोरोना भाइरसलाई जरैदेखि नियन्त्रण गर्न असम्भव रहेको उनले बताएका छन् । 

 

सोमबार उक पत्रकार सम्मेलनमा डाक्टर फाउचीले भनेका छन्, कोरोना भाइरस फैलिनुभन्दा  अगाडि अमेरिका जुन स्थिति रहेको थियो अब त्यो स्थितिमा पुग्न कहिल्यै सक्ने छैन । यदी यो महामारी यसैगरी फैलिने हो भने र भ्याक्सिन पनि पत्ता नलाग्ने हो भने यो स्थिति अकल्पनिय हुनेछ । 

 

 

जोन हपकिन्स विश्वविद्यालयको रिपोर्टका अनुसार अमेरिकामा ११ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । त्यस्तै ३ लाख ६८ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । यो भाइरस हालसम्म २११ वटा देशमा फैलिइसकेको छ । त्यसतै १३ लाख ४७ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै झण्डै ७५ हजारभन्दा बढीले यो भाइरसबाट ज्यान गुमाइसकेका छन् । 

 

उनका अनुसार अमेरिका अत्यन्त महासंकटको अवस्थामा रहेको छ । उनका अनुसार हाल सामान्य अवस्था के भन्ने विषयमा नै विवाद रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएका प्रयासका बाबजुद पनि ठुलो संख्यामा मानिसहरुको ज्यान गइरहेको छ । यसलाई पुर्ण रुपमा नियन्त्रणमा लिन ठुलै कदम चालिए पनि यो पुर्ण रुपमा नियन्त्रणमा आउन भने कठिन रहेको उनले बताएका छन् । उनका अनुसार यो भाइरस सिजनल पनि हुनसक्छ । 

 

अमेरिकामा यही स्थिति रहे अर्को महासंकट अवश्य आउने समेत आफुहरुले अनुमान गरेको उनले बताएका छन् ।  

 

बिबिसी हिन्दीबाट

 


थप समाचार

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 8 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 23 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 44 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।