Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्रिकेटका भारत र पाकिस्तानबीचको खेल मिति परिवर्तन

विश्वकप क्रिकेटका भारत र पाकिस्तानबीचको खेल मिति परिवर्तन


एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा अक्टोबर १५ मा अहमदाबादमा हुने तय भएको भारत–पाकिस्तान खेलको मिति परिवर्तन भएको छ । परिवर्तित मितिअनुसार अब यो खेल १४ अक्टोबरमा हुनेछ । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)मिति परिवर्तन गर्न सहमत भएको छ ।

साथै, पाकिस्तान र श्रीलंकाको खेलको मिति पनि परिवर्तन हुने भएको छ । यो खेल १२ अक्टोबरमा हुने थियो । अब यो खेल १० अक्टोबरमा हुनेछ । यो परिवर्तनका कारण पाकिस्तानले भारतसँगको खेल अघि ३ दिनको समय पाउनेछ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुनको अन्त्यमा यसको तालिका सार्वजनिक गरेको थियो । अन्य टोलीको केही खेलको समय पनि परिवर्तन हुन सक्ने बताइएको छ । तसर्थ आईसीसीले छिट्टै नयाँ तालिका सार्वजनिक गर्नेछ ।

अक्टोबर १५ मा अहमदाबादमा हुने खेललाई लिएर सुरक्षा निकायले चिन्ता व्यक्त गरेका थिए । यो मिति नवरात्रिको पहिलो दिन हुने भएकाले यस्तो अवस्थामा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन समस्या हुन सक्छ । त्यसकारण आईसीसी र बीसीसीआईले पाकिस्तान बोर्डसँग सम्पर्क गरी २ समूह खेलको मिति परिवर्तन गर्ने कुरा गरेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT