'योजना अनुसार नै सिरियाबाट अमेरिकी सेना फर्काइने'

Education Park

काएरो, इजिप्ट । सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरे अनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बिहीबार बताएका छन् । 

 

“उक्त घोषणाको व्यापक रूपमा विरोध भएका छ तर सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयलाई सरकारले अघि बढाउँछ,” उनले बताए । 

 

अमेरिकी उच्च कूटनीतिक अधिकारी पोम्पेओले वासिङ्टनका क्षेत्रीय सहयोगी मुलुकहरूको अकस्मात सेना फिर्ता गर्ने निर्णयप्रतिको गुनासोलाई सम्बोधन गर्न गरेकोे मध्यपूर्वको भ्रमणका क्रममा उहाँले उक्त कुरा बताएका छन् । 

 

काएरोमा इजिप्टका विदेशमन्त्री सामेह सौक्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा पोम्पेओले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले हाम्रो सेनालाई फिर्ता गर्ने निर्णय गरिसकेका छन् । हामीले यसलाई कार्यान्वयन गर्छौँ ।”

 

यसैहप्ता अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले फिर्ता गर्न सिरियामा इस्लामिक स्टेट (आइएस) समूहको पराजितलगायतका शर्तहरू अघि सारेका थिए ।

 

बोल्टनको उक्त प्रतिक्रियाले ट्रम्पको घोषणाका बाबजुद पनि अमेरिका निर्णयबाट पछि हट्ने अनुमान गरिएको थियो । तर पोम्पेओको उक्त भनाइले ट्रम्प प्रशासन सिरियाबाट सेना फर्काउनेमा प्रतिवद्ध रहेको देखिएको छ । 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 10 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 19 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 29 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।