अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

वासिङ्टन । चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताएका छन् । 

 

यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

 

अमेरिकाको वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले सो धारणा राखेका हुन् । 

 

चिनियाँ विदेशमन्त्री वाङ अमेरिका पुगेका छन् । उनले बुधबार आफ्ना अमेरिकी समकक्षीयसँग भेटवार्ता गरेका थिए । उनले उक्त वार्ताको सफलताका लागि चीनले जे गर्नुपर्छ त्यो गर्नेछ भने । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा शिखर बैठक र वार्ता हुने भनिएको छ । 

 

तर उक्त मितिमा हुने भनिएको सो शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशङ्का मङ्गलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गरेका थिए । 

 

उनले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएको एक दिनपछि बुधबार भने चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ । 

 

तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेपनि वर्ता भने हुने बताएका छन् । उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेकोले उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताएका थिए । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पको सो प्रतिक्रियाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भनेका छन्– उक्त बैठक निर्धारित समयमै बसोस र दुई देशकाबीचमा हुन लागेको यस शिखर बैठक सफल पनि होस् भन्ने चीनको चाहना छ । 

 

उक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले भने– ‘हामीलाई विश्वास छ कि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम नै यस समस्याको समाधानका लागि सक्षम हुनुहुन्छ र आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि उहाँहरुले आफैले गर्न सक्नुहुनेछ ।’

 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले त्यस विषयमा गर्ने निर्णय नै विश्वका लागि एउटा राम्रो र शुभ समाचार हुने अपेक्षा पनि चीनले राखेको सो अवसरमा विदेशमन्त्री ले बताएका थिए । 

 

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । 

 

सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो । 

 

तर राष्ट्रपति ट्रम्पले भने आफूले उत्तर कोरियाली नेता किमलाई शान्तिका क्षेत्रमा गम्भीर रहेको पाएको भन्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उनी इच्छुक रहेको पनि बताएका थिए । 

 

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका अतिरिक्त चिनियाँ विदेशमन्त्री पनि अमेरिका पुगेका छन् । 

 

दक्षिण कोरियाली राष्ट्रपति मुन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तयगर्ने पनि ठानिएको समाचारमा जनाइएको छ । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।