अमेरिकामा काम गर्नेहरुको यस्तो अवस्था !

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

 

अमेरिकामा बस्ने हरेक तीन जनामध्ये एक जना पर्याप्त सुत्न नसक्ने एक अध्ययनले देखाएको छ । यसले उनीहरुमा मोटोपन, डायबिटिज, उच्च रक्तचाप, मुटुको रोग, स्ट्रोक लगायतका समस्या निम्त्याएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

 

हरेक दिन १८ देखि ६० वर्ष समूहका व्यक्ति कम्तिमा सात घन्टा सुत्नुलाई पर्याप्त निद्रा पुगेको अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द ९सीडीसी० ले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ । यो नतिजा ५० ओटा राज्य र कोलम्बिया जिल्लाको अभिलेखको अंश भएको पनि सीडीसीले आफ्नो साप्ताहिक प्रतिबेदनमा जनाएको छ ।

 

स्थान र जाती अनुसार निन्द्राको शैली , रोजगारी र बैबाहिक अवस्था देशभर फरक– फरक हुने पनि सो अध्ययनले स्पष्ट पारेको छ । अन्धाधुन्दा टेलिफोन संवादको आधारमा सो अध्ययन गरिएको बताइएको छ ।करिब ६७ प्रतिशत नन हिसपोनिक गोराहरुले पर्याप्त निद्रा पुर्याएको देखिएको छ । त्यसैगरी अफ्रिकी अमेरिकीहरु त ५४ प्रतिशत मात्रै राम्रोसँग सुत्न पाएका छन् ।

 

६६ प्रतिशत हिसपेनिक स्पेनी मुलका अमेरिकी र एशियाली मूलका ६३ प्रतिशत मात्रै राम्रसँग निदाउन पाइरहेका छन् । दक्षिण पूर्वी अमेरिकी राज्यका थोरै मात्र प्रौढहरु पर्याप्त सुतेको अध्ययनमा देखिएको छ । यो क्षेत्रमा मोटोपन र अन्य जटिल स्वास्थ्यसम्बन्धी समस्या देखिएका छन् ।

 

कामको व्यस्तताका कारण पनि मानिसलाई सुत्न कठिनाई भएकोअध्ययनमा सहभागी झन्डै आधाले बताएका थिए । कलेज वा स्नातकोत्तर भन्दा माथिसम्म अध्ययन गर्ने ७२ प्रतिशतले आफूहरु पर्याप्त सुतेको बताए । अविबाहति ९६२ प्रतिशत र सम्बन्ध बिच्छेद गरेका मानिस बिबाहित ९६७ प्रतिशत को तुलनामा कम सुतेको बताए । ५६ प्रतिशत एकल महिलाले दैनिक ७ घन्टा सुत्ने बताए ।

 

‘समग्र रुपमा मुल्यांकन गर्दा हामीले प्रर्याप्त सुत्न सकेका छैनौ,’ सीडीसीका स्वास्थ्य तथा जनसंख्या शाखाका निर्देशक वाइने गिल्सले भने ‘हरेक रात वेडमा जाँदा जीवनशैली परिर्वतन हुन्छ, यसले बिहानी उठ्ने समयमा पनि असर गर्छ । वेडमा प्रयोग हुने टेलिभिजन, कम्युटर, मोवाईलका उपकरणले पनि निन्द्रामा गम्भीर असर पुर्याएको छ ।’


थप समाचार

भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

  • 1 minute ago
भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

काठमाडौं । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्

होटलमा एक खर्ब लगानी भित्रियो

  • 3 minutes ago
होटलमा एक खर्ब लगानी भित्रियो

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

  • 13 minutes ago
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।