अमेरिकामा ११ वटा अदालत समेत बन्द !

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण २१४ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ६४ जनाको मृत्यु भएको छ । यति धेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै संक्रमितको संख्या १३८८० पुगेको छ ।

 

अमेरिकामा बिहिबारमात्रै ४६२१ जना नयाँ केशहरु देखिएका छन् ।  अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका एसाइलम लगायतका सबै सुनुवाईहरु स्थगित गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

बिबिसी मिडियाका अनुसार अमेरिकाभरका अदालतमा सबै इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएका छन् ।

 

न्युयोर्कसिटीका ब्राडवे र फेडरल प्लाजामा रहेका अध्यागमन अदालतहरु बन्द गरिएका छन् । भेरिक स्ट्रीटमा रहेको अध्यागमन अदालत खुल्ला छ तर हिराशतमा रहेका बाहेक अन्य सबैका इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएको छ ।

 

एटलान्टा, शार्लोट, ह्युस्टन, लस एन्जलस अलिभ स्ट्रीट, लुईभिल, नेवार्क, शियाटल लगायतका अध्यागमन अदालतहरु बन्द भएका छन् ।

 

त्यस्तै जेलमा रहेका कैदीहरु पनि रिहा गर्ने निर्णय भएको छ । सामान्य अपराधमा जेल परेका कैदीहरुलाई तत्काल रिहा गर्ने निर्णय भएको हो । उनीहरुलाई पनि विशेष निगरानीमा राखिने र समाजमा सुरक्षाको स्थिति मजबुत राख्न प्रहरीलाई निर्देशन दिएको बताइएको छ । 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।