अफगानी नेताको रबैयाबाट अमेरिका बेखुशी, १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गरेका छन् । काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता गर्ने प्रयास बिफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो । 

 

बरु अमेरिकी विदेश मन्त्री पोम्पेओले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सम्बन्धमा तालिबान नेताहरुसँग कतारको एक अमेरिकी सैन्य अखडामा छलफल गरेका छन् । 

 

अफगानिस्तानको भ्रमणपछि अमेरिका फर्कनेक्रममा विदेश मन्त्री पोम्पेओले कतारस्थित अमेरिकी सैन्य अखडामा आकस्मिक भ्रमण गरी तालिबान विद्रोही नेताहरुसँग परामर्श गरेका थिए । अमेरिकी विदेश मन्त्रीले तालिबान नेताहरुसँग प्रत्यक्ष भेटवार्ता गरेको यो पहिलो अवसर हो ।

 

लगभग दुई दशक खुलेर अफगान सरकारको समर्थन गरेको अमेरिकाले यसपटक अफगान नेताहरुबीच देखिएको फाटो र बैमनश्यबाट निराश भएको जनाएको छ । विदेश मन्त्री पोम्पेओले राष्ट्रपति अशरफ घानी र उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लालाई काबुलमा भेट गरेर दुबै नेताबीच मध्यस्थता गराउने प्रयास गरे पनि दुबै नेताबीचको मतभिन्नता हटाउन सफल हुन सकेको थिएन। 

 

“उहाँहरुको मतभिन्नताले अमेरिका–अफगान सम्बन्धलाई हानि मात्र गरेको छैन, दुःखको कुरा, ती अफगान, अमेरिकी र गठबन्धनका साझेदारहरूले अफगानिस्तानको नयाँ भविष्य निर्माण गर्ने सङ्घर्षमा दिएको आफ्नो जीवन र धनको आहुति खेर जाँदैछ,” पोम्पेओले एक विज्ञप्तिमा भनेका छन् । 

 

पोम्पेओद्वारा जारी विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले तत्काल १ अर्ब अमेरिकी डलर कटौती गर्दैछ र आगामी वर्ष सन् २०२१ मा थप १ अर्ब डलर कटौती गरिने उल्लेख छ । 

 

उहाँले संयुक्तराज्य अमेरिकाले भविष्यमा हुने दातृ सम्मेलनमा सहयोग फिर्ता लिने लगायतका थप कटौतीमा विचार गर्ने बताए । 

 

विदेश मन्त्री पोम्पेओले अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिकहरुलाई पूर्व सहमति बमोजिम नै अर्को बर्षसम्ममा पूरै १३ हजार सैनिक फिर्ता लैजाने बताए । 

 

अमेरिकी अधिकारीहरूले मन्त्री पोम्पेओले कतारको अल–उडेड हवाई अखडामा तालिबानका तीन जना शीर्ष नेताहरुसँग एक घण्टासम्म भेटवार्ता गरेका थिए । भेटमा अमेरिकासँग भएको वार्ताका मुख्य मध्यस्थकर्ता तालिबानका नेता मुल्लाह बरादर पनि सहभागी थिए । 

 

गत फेब्रुअरी २९ मा अमेरिका र तालिवानबीच कतारको दोहामा भएको सम्झौतामा सहभागी हुन विदेश मन्त्री पोम्पेओ दोहा जानु भएको थियो, तर सम्झौता कार्यक्रममा उनी उपस्थित भएका थिए । 

 

अफगानिस्तानमा केही भिडन्त र हिंसाका खबर सार्वजनिक भइरहे पनि विदेश मन्त्री पोम्पेओले तालिवानले अमेरिकी सेनामाथि हमला नगर्ने आफ्नो वाचाको पालना गरेको बताएका छन् । उनले संयुक्तराज्य अमेरिकाले पनि सम्झौता बमोजिम आफ्नो प्रतिबद्धता कायम राख्ने स्पष्ट गरे । 

 

विदेश मन्त्री पोम्पेओले आफ्नो विमानमा साथै रहेका संवाददाताहरुलाई भने, “तालिबान समूहले हिंसा घटाउने प्रतिबद्धता गरेका छन् र उनीहरूले त्यो काम धेरै हदसम्म पूरा गरेका छन् । ” 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।