अमेरिकी वरिष्ठ नागरिक अधिकारकर्मी जोसेफ लोवेरीको निधन

  • शनिबार, १५ चैत, २०७६
  • 2 months ago

एजेन्सी । अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षको थिए । 

 

लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गरेको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो । 

 

अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी थिए । 

 

लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य छन् । उनले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गरेका थिए । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।

 

उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 10 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 23 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।