अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा

Education Park

इस्लामाबाद । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुगेका छन् । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ । 

 

वासिङटनले ३० करोड अमेरिकी डलरको अमेरिकी सैन्य सहायता रोक्ने निर्णयको पुष्टी गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान आएका हुन् । 

 

अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामाबाद आएलगत्तै सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, “दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो ।” अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ । 

 

“हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,” उनले भने । 

 

विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्नेछन् । भारतमा रहँदा अमेरिकी रक्षामन्त्री जीम म्याटिस पनि साथमा रहनेछन् । भारतमा प्रतिरक्षा र व्यापारका विविध विषयमा छलफल हुने बताइएको छ । 


थप समाचार

लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

  • 5 minutes ago
लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

करिब दुई दर्जन रुटका ५० बसहरुमा 'नेपाल लाइफटाइम एक्सपिरियन्स' का पोस्टरहरु टाँसिएका छन् । पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लण्डनका

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 20 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 24 minutes ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।