जब अमेरिका यसरी पुगे...

२०७० सालतिरको कुरा हो । देशभर संविधान सभाको चुनावको माहोल चलिरहेको थियो । तर मेरो मनमा उर्लेका हजार सवालहरुले मलाई थिचिरहेको थियो । वरपरका सबै साथीहरु विदेश हानिन थालेका थिए । मिल्ने साथी अनिल पनि कोरियाको भिषा लागेर गइसकेको थियो ।

 

टोलमा साथीहरुको संख्या दिनानुदिन कम हुँदै गइ रहेको थियो । मलाई पनि विदेश जाने भुतले विस्तारै छुन थालेको थियो । माहोल नै त्यस्तो बन्न थालेपछि घरबाट बाहिर निस्किन मन पनि नलाग्ने भइसकेको थियो । एक दिन छिमेकी दाइसँग कुरा गर्ने क्रममा ‘अमेरिका जान्छस् भनेर’ सोधे । मैले पनि ‘पाए को बस्थ्यो र यहाँ भनिदिए’ । उनी पनि नेपालमा केही गर्न नसक्ने, पाए विदेश नै जाने सोचमा थिए । 

 

उनले भने ‘मैले चिनेको एकजना दाइ छन् । उनले अमेरिका लैजान्छन् ।’ मैले पनि सोधे ‘अमेरिकाको एम्बेसीले भिषा दिन्छ त ।’

 

उनले टाउकोमा हान्दै भने,‘अर्कै बाटो जाने हो । खर्च पनि धेरै नै लाग्छ रे तर, अमेरिका भने पुगिन्छ ।’

 

त्यतिबेला म के गरु कसो गरु सोचमा मात्र थिए । पढाइ पनि त्यस्तै थियो । मैले ती दाईलाई म घरमा कुरा गर्छु भने ।

 

घरमा ड्याड र ममीसँग कुरा गरे । सुरुमा त मान्नु भएन । तर छिमेकीका चार पाँच जना जाने भनेपछि केही मानेजस्तोम महसुस मैले गरे । 

 

अन्तत अमेरिका जाने सहमति भयो । यो कुरा ती दाईलाई पनि सुनाए । ती दाईले दलालीलाई कुरा अगाडि बढाउन भने । दलालीले पनि सुरुमा भारत जानुपर्छ र केही समय त्यही बस्नुपर्छ भने । हामीले हुन्छ भन्यौ । दलालीले पनि हाम्रो आफ्नै रुट छ त्यही अनुसार जान पर्छ भनेर पहिला नै भनेका थिए । त्यसकारण हरेक कुरामा अन्जान बन्यौ । खर्च कति लाग्छ भन्दा उनले तिमीहरु मेरै आफ्नै मान्छे हौ त्यसकारण ३० लाखमात्र लाग्छ भने । ३० लाख ठुलो रकम थियो तर परिवारले घडेरी बेचेर भएपछि तलाई अमेरिका पठाउँछौ भनेका थिए । मैले पनि हुन्छ भनिदिए । चारजना जाने भनेका हामी जम्मा दुई जना मात्र भयौ तर हामीले आट्यौ । परिवारसँग विदा भएर हामी लाग्यौ काठमाडौंतिर । काठमाण्डौको दुईचार दिनको बसाइपछि हामीलाई भारत लगियो । भारतमा कागजपत्र मिलाउन लामै समय लाग्यो । चारपाँच महिनाको भारत बसाइपछि बल्लबल्ल लाग्यो पारग्वेको भिषा लागेको दलालीले जानकारी दिए । इण्डियाबाट आवुदावी, ब्राजिलको ट्रान्जिट हुँदै हामी पारग्वे पुग्यौ । करिब एक महिनाको बसाई पछि हामीलाई दलाली अब बोलिभिया जानुपर्छ भने । हामीलाई न ति देशको भाषा थाहा थियो न रहनसहन नै । दलालीको आफ्नै सेटिङ थियो । उसले जे भन्यो त्यही नै गर्यौ । बोलिभिया जान तयार भयौ । बोलिभियाको भिषा लागेको र केही समय बोलिभिया बिताउनु पर्ने दलालीले बताए । बोलिभिया पुग्यौ । बोलिभिया पनि हाम्रा लागि उस्तै नौलो देश थियो । प्राय यी देशका मानिसहरु स्पेनिस भाषा बोल्दा रहेछन् । बोलिभिया पछि दलालीले सेटिङ मिलाएर पेरुको भिषा लगाए । केही दिनको बोलिभिया बसाइ पछि हामी पेरु लाग्यौ । म बेलाबेलामा छिमेकी दाइ जोसँग म अमेरिका जाने सपना देखिरहेको छु प्रश्न गरिरहन्थे,‘हामी अमेरिका त पुग्छौ नि ।’

 

उनी मलाई मजाक गरेर भन्थे,‘खै हिडेको त अमेरिका नै पुग्छु भनेर हो । भारत त उहिले पुगेर पनि छोडिसक्या हो ।’ 

 

दाई घर छोडेका पनि ६–७ महिना भइसक्यो । परिवारलाई राम्रै छ अहिलेसम्म भनेका छौ । तर, मनमा एउटै कुराले हानि रहेको थियो,‘यो अमेरिका भन्ने राष्ट्र कहिले पुग्ने हो ।’

केही दिनको पेरु बसाइपछि इक्युवेडरको भिषा लागेको दलालीले हामीलाई जानकारी दिए । जति पनि देशमा हामी पुग्थ्यौ ती सबै देशमा दलालीहरुको सेटिङ भइसकेको हुँदो रहेछ । प्रत्येक देशमा ९–१० दिनभन्दा बढी बस्न पर्दैन्थ्यो । त्यहाँको इमिग्रेशनले सोधपुछ गथ्र्यो, केही त्यस्तो फेला नपरेपछि छाडिदिन्थ्यो । 

 

अबको यात्रा थियो कोलम्बियाको । यो देश मलाई निकै राम्रो लाग्यो । तर, समस्या उही नै थियो । केही बुझ्नै सकिन्न थियो । प्रहरीको केही दिनको सोधपुछ अनि अर्को देशको यात्रा...

 

कोलम्बिया पछि हाम्रो भिषा लाग्यो पानामाको । पनामाको इमिग्रेशनमा केही दिन बस्यौ । केही कडा चेकजाँच गरे जस्तो लाग्यो । तर, उनीहरुको भाषा न मैले बुझ्थे न मैले बोलेको भाषा उनीहरुले बुझ्थे । रमाइलो यही नै थियो । हरेक ठाउँमा हामी शरणार्थी हौ भन्दै चिनाउने काम गथ्र्यौ । पनामाको जंगलमा हिड्न निकै डर लाग्यो । नेपाल छँदा समाचारमा सर्पले टोकेर मोरेको खबर बारम्बर आउने गर्थे भने चोरले लुटेका खबर पनि आइनै रहन्थे । अमेरिका नपुगी कतै यही जंगलमा मर्ने त होइन निकै डर लागेको थियो । दलालीले पनामापछि कोस्टारिका । कोस्टारिका पछि एलसाल्भाडोर ।

 

एलसाल्भाडोर पछि ग्वाटेमाला । ग्वाटेमाला पछि मेक्सिको । एकपछि अर्को देश लगेको लग्यै गर्दा यी देशहरु घुम्दैमा समय सकिने भयो अमेरिका नपुगिने हो कि क्या हो भन्ने शंका पनि धेरै पटक मनमा आए । तर, अमेरिका पुग्ने सपनाले होला यस्ता विचारहरुले खासै जित्न सकेका थिएनन् । मेक्सिको पुग्दा सबैभन्दा धेरै डर लाग्यो । सुनेको थिए विश्वकै सबैभन्दा खतरनाक मानिसहरु यही हुन्छन् । माफियाहरुको ठुलो सञ्जाल यही नै छ । मेक्सिको पुग्दा घर छाडेको १० महिना हुन लागेको थियो । यो पटक पनि जंगलको यात्रा गर्नु पर्ने थियो । यो अमेरिका पुग्नुपुर्वको अन्तिम राष्ट्रको यात्रा थियो । यो बीच हामीले धेरै नै दुःख झेलिसकेका थियौ । फर्केर जाने अवस्था थिएन । अमेरिका पुग्ने सपना नै अन्तिम उपाय थियो । मेक्सिको जंगलमा शरणार्थीहरुको हविगत निकै नराम्रो हुने गरेको हामीले सुनेका थियौ । मैले दाईलाई सोधे यो दुई दिनको मेक्सिकोको जंगल यात्रा काट्न सक्यौ भने ‘अमेरिका पुग्छौ होला नि हई दाइ ।’ 

 

उनले कपाल मिलाउँदै भने,‘अब अमेरिका पुग्ने दिन धेरै टाढा छैन । तर यो जंगलबारे निकै डरलाग्दा समाचारहरु बाहिर आएका थिए । मलाई पनि डर लागेको छ ।’

 

जंगलमा नै खाना पकाउने तथा खाने काम गर्यौ । तर, यो पटक भने हाम्रो १५ जनाको समुह भइसकेका थियो । यो जंगल कटेपछि एउटा खोला आउने र उक्त खोला तरेपछि अमेरिका पुग्ने दलालीले बताएका थिए । जंगलामा खस्रयाखुस्रु केही हुने बितिकै मेरो सातो जान्थ्यो । म ती छिमेकी दाइको नजिकै बसिरहे । यो यात्रा भर उनले सान्तोना दिने काम गरे । नभन्दै दुइ दिनको जंगल यात्रा पछि खोला आयो । यो खोला तर्न काठको ढुंगाको प्रयोग हुँदो रहेछ । पालैपालो गरेर खोला पार गर्ने काम गर्र्यौ । अमेरिकाको भुमिमा पाइला टेक्नासाथ संसार जितेको महसुस गरे । धन्नै १० महिनाको यात्रापछि अमेरिका पुगेका थियौ । त्यस समय खुसी मनाउने अवस्था थिएन । अमेरिका पुगेको केही मिनेटमा नै अमेरिकन प्रहरीले हामीलाई पक्राउ गर्यो । पक्राउ गरेर हामीलाई एसाइलममा राखियो । डेढ महिनासम्म एसाइलममा बस्यौ । त्यस पश्चात एसाइलममा हाम्रो सोधपुछ गर्ने काम गरियो । कहाँ किन आएको भनेर नालीबेली पश्न गर्न थाल्यो । थप केही महिना फेरि एसाइलममा नै राख्यो । चार महिनापछि वकिलको सहायताले घरौटीमा निक्कन सफल भयौ । यी १४ महिनामा मैले जे देखे त्यो मेरा लागि अविस्मरणिय यात्रा बन्न पुग्यो । जे जस्तो दुःख पाएर अमेरिका आए पनि, नेपाल छोडेकोमा मलाई पछुतो भने छैन । यो यात्राले धेरै पाठ सिकाएको छ ।

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 1 hour ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 1 hour ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 1 hour ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको