रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Education Park

काठमाडौँ ।  विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । 

 

शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ । 

 

नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ । 

 

नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन । परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न नेपालमा राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ । 

 

ती निकायहरुद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणमा छ देखि ५९ महिनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेका देखाएको छ । 

 

हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा भनिएको छ, “रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा छ । यो सङ्ख्या २७ प्रतिशत छ ।” 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ । 

 

विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशु मृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ । सर्वेक्षणले छदेखि ५९ महिनाका १०० बालबालिकामध्ये २१ जनामा जिन्कको कमीसमेत देखाएको छ । 

 

यसको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसित लड्ने शक्तिमा ह्रास गराई रोगको दर बढाउछ । सर्वेक्षणमा प्रजनन उमेर समूहका एक चौथाइ महिलामा समेत जिन्कको कमी रहेको देखाएको छ । 

 

सर्वेक्षणमा छदेखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ उमेर ४० प्रतिशत महिलामा हेलिकोब्याक्टर९एच० पाइलोरीको सङ्क्रमण, १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा एच पाइलोरीको सङ्क्रमण पाइएको छ । महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो । 

 

चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाक्वाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ । सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई÷मधेशमा बढी रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ । 

 

बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छदेखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष का तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी भएको पाइएको छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सर्वेक्षण सार्वजनिक गर्दै आगामी नीति निर्माण तय गर्न सर्वेक्षणबाट निस्केका नतिजाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 


थप समाचार

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

  • 5 minutes ago
यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०

माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • 14 minutes ago
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएक

तीन दशकपछि कालोपत्रे सुरु भयो

  • 17 minutes ago
तीन दशकपछि कालोपत्रे सुरु भयो

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।