एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • आइतबार, ७ असोज, २०७५
  • 7 months ago
  • युके

 

तस्वीर : शिव भण्डारी 

 

लन्डन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिंग शेर्पा नेतृत्वको एक टोली लण्डन आइपुगेको छ । 

 

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा  बैठकमा  भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपुगेका हुन । 

 

बेलायत भ्रमणमा आएका एन्फाका प्रतिनिधीहरु लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिंदा यहांका नेपाली समुदायको तर्फबाट स्वागत गरिएको थियो । उनीहरुको स्वागतका लागि सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, साहरा यूके सल्लाहकार महेश गुरुङ, रामचन्द्र सुर्जे गुरुङ, बाचस्पति  रेग्मी, कमल गुरुङ सहितका बेलायतस्थित नेपाली समुदायका अगुवाहरु हिथ्रो विमानस्थल पुगेका थिए । 

 

एन्फाका अधिकारीहरुले सोमबार सेप्टेम्बर २४ मा लण्डनमा आयोजना हुने फिफाको वार्षिक अवार्ड समारोहमा भाग लिनेछन । साथै, हालै रशियामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको समिक्षा बैठकमा समेत उनीहरु सहभागी हुने कार्यक्रम छ । 

 

यसैबीच यहि सेप्टेम्बर २५ तारिखका दिन एन्फाको टोलीसंग सहारा यूकेले अल्डरसटमा एक कार्यक्रम गर्दैछ । सो दिन दिउंसो बजेदेखि ५ बजेसम्म अल्डरसटको भेटघाट रेष्टुरेन्टमा स्वागत तथा नेपाली समुदायसंगको अन्तरक्रिया कार्यक्रम गरिदैछ । सोहि दिन सांझ ५ बजे सहारा यूकेकै संयोजनमा एन्फाको टोली र अल्डरसट टाउन फुटबल क्लबबीच एक बैठक राखिएको छ । 

 

बेलायतको भ्रमण पूरा गरी एन्फाको टोली सेप्टेम्बर २७ मा नेपाल फर्किदैछ ।

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।