तुइन हटाउन प्रधानमन्त्रीलाई गायीका आनीले दिइन् १ करोड

Education Park

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् । 

 

“जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् । 

 

उनले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन् । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन् । 

 

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे । त्यस्तै, कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए । 

 

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए । र्नुभएको थियो । 

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 11 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 11 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।