IIMS College

ISMT

HUB Education

नयाँ गीत 'जांदैछु' लिएर आइन् अञ्जु श्रेष्ठ ( भिडियो)

  • बुधबार, २९ फागुन, २०७५
  • 8 months ago
  • युके
अञ्जु श्रेष्ठ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा बस्दै आएकी सर्जक/कलाकार अञ्जु श्रेष्ठ आफ्नो नयां गीतसंगै दर्शक, श्रोतामाझ आएकी छन् । अञ्जुको आफ्नै शब्द तथा स्वर रहेको 'जांदैछु' बोलको गीतको म्युजिक भिडियो बुधबार युट्युवमार्फत सार्वजनिक गरिएको छ । 

 

ओएसआर डिजिटलको च्यानलबाट रिलिज भएको गीतको भिडियो ज्ञानु रानाले निर्देशन गरेका छन् । जसमा कुशल अभिनेत्रीद्धय बसुन्धरा भुषाल र केकी अधिकारीले बजोड अभिनय गरेका छन् । 

 

मार्मिक र सन्देशमुलक सन्देश बोकेको यस गीतमा संगीत भने सुनिल राईले दिएका छन् । 

 

 

ओखलढुङ्गामा जन्मिएर गाईघाट र राजविराजमा हुर्केकी अञ्जु पछिल्लो समय बेलायतमा बस्दै आएकी छन् । पेशाले डेन्टल नर्स उनी कला र साहित्यसंग भने निरन्तर नजिक रहंदै आएकी छन् । 

 

बाल्यकालदेखि नै गीत संगीतकी एकदम सौखिन अञ्जुले गीत , कविता , कथाहरु लेख्ने , चित्र कोर्ने र नाच्ने समेत गर्थिन् । 

 

बेलायत बसाईका क्रममा पनि विभिन्न नाटकमा अभिनय, निर्देशन, गीत लेखन लगायतका क्षेत्रमा सक्रिय रहंदै आएकी उनी यहांस्थित विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक तथा च्यारिटीमुलक कार्यहरुमा समेत क्रियाशिल बन्ने गरेकी छन् । 

 

मिसेस नेपाल यूके २०१७ को प्रतिस्पर्धामा आफ्नै कथा, निर्देशन तथा अभिनयमा प्रस्तुत गरेको नाटकबाट मिसेस ट्यालेन्टको उपाधि समेत जितेकी थिइन् अञ्जुले । 

 

त्यसयता उनको निर्देशनमा २ वटा नाटक बेलायतमा मञ्चन भइसकेका छन् ।  मिसेस नेपाल यूके २०१७ को टीमले भक्तपुरका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ  बेलायतमा गरेको च्यारिटी कार्यक्रमका साथै एनआरएन यूकेले शारीरिक अपाङ्गता  भएका व्यक्तिहरुको सहयोगार्थ गरेको कार्यक्रममा समेत देखाइएका उनी निर्देशित नाटकहरु दर्शकको मन जित्न सफल भएका थिए । 

 

त्यसअघि सन् १९९३  मा पहिलो पटक  हंगकंगमा अञ्जुको आफ्नै रचनामा गीत रेकर्ड भएको थियो । सन् २००६ मा बेलायत आउनुअघि उनले आफ्नै रचनामा एउटा गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् ।  अञ्जुले लेखेका गीतहरु धेरै कलाकारहरुले पनि गाइसकेका छन् ।  हालै बेलायतमा निर्मित चलचित्र एटीनमा पनि  उनको रचनाको एउटा गीत समावेश छ जसलाई धेरैले रुचाएका छन् । 

 

सन् २०१५ मा नेपालमा गएको भुइंचालोले निम्त्याएको विपत र त्यसले दिएको पीडाको विषय बोकेको नाटक समय दृश्यमा पनि सशक्त अभिनय गरेकी थिइन् अञ्जुले । 

उनका गीतहरु सुन्दा होस् वा नाटकहरु हेर्दा, उनले कल्पना भन्दा पनि यथार्थलाई प्राथमिकता दिएर लेख्ने र अभिनय गर्ने गरेको देखिन्छ । 

 

आफ्ना श्रीमान र परिवारको साथले हालसम्मको अञ्जुको कलायात्रा सम्भव बनेको उनी बताउंछिन् । आउंदा दिनहरुमा पनि आफ्नो कलाकारितालाई निरन्तर राख्न कोशिसरत उनले आफ्नो नयां गीत सुनेर, हेरेर प्रतिक्रिया र सुझाव पठाउन सबैलाई आग्रह गरेकी छन् । 

 

हेरौं गीतको म्युजिक भिडियो :


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 3 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 3 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।