राष्ट्रिय उपभोक्ता मञ्च १३ अौं वार्षिकोत्सव

  • शुक्रबार, २९ भदौ, २०७५
  • 4 days ago
  • नेपाल

काठमाडाैं ।  राष्ट्रिय उपभोक्ता मन्चले आफ्नो १३ अौं वार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवस मनाउने क्रममा मन्चले बिहीवार राजधानीमा एक समारोहको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घघाटन् कृषि तथा पशु बिकास मन्त्री चक्रपाणि खनालले गरेका हुन् ।

कार्यक्रममा संघिय संसदका सांसद रामवीर मानन्धर, नेपाल सरकारका पूर्व सचिव भरतबहादुर थापा, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी एवं नेपाल सरकारका अधिकारीहरु, उपभोक्ता अधिकारकर्मी, संचारकर्मी लगायत समाजका लब्धप्रतिस्ठीतहरुको बाक्लो उपास्थिती रहेको थियो ।

सोही कार्यक्रम समारोह माझबाट कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले उपभोक्ता हितमा काम गर्ने सरकारी कार्यालय, राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला समिति , स्वास्थ्य् सेवा प्रदायक अस्पताल, संचारकर्मी एबम् संचार संस्था र पूर्व प्रशासकहरुलाई सम्मानित गरेका थिए ।

सम्मानित हुने हरुमा सरकारी कार्यालय तर्फ जिल्ला प्रशासन कार्यालय भक्त्तपुर , राष्ट्रिय उपभोक्ता मन्चका जिल्ला शाखा मध्येबाट झापा र लम्जुङ शाखा , स्वास्थ्य् सेवा प्रदायकतर्फ नर्भिक इन्टरन्यासनल हस्पिटल, संचार संस्था तर्फ कृषि टेलिभिजन र पूर्वप्रशासकद्वय भरत बहादुर थापा र लक्ष्मी राज पाण्डे र बर्दियाका प्रमुख जिल्ला अधिकारी रहेका छन्।

सम्मान कार्यक्रम लगत्तै मन्त्री खनालले समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय उपभोक्ता मन्चले आम उपभोक्ताको अधिकारको निम्ती डेटेर लड्ने गरेको स्मरण गर्दै नेपालमा उपभोग्य अधिकारलाई प्रत्याभुत गराउन् खेल्दै आएको भूमिकाको सर्हाना समेत गरे ।

कार्यक्रममा संघिय संसदका सांसद रामवीर मानन्धरले मन्तब्य राख्ने क्रममा राष्ट्रिय उपभोक्ता मन्चले उपभोक्ता अधिकार आन्दोलनको नेत्रीत्वो गर्दै गाउँ देखी शहर सम्म छरिएर रहेका तमाम नागरिकको नैसर्गिक अधिकारलाई स्थापित गर्न हरशम्भव प्रयत्नशिल रहदै आएको बताए ।

त्यसैगरी बाणिज्य तथा आपुर्ती ब्यबस्थापन विभागका महा निर्देशक योगेन्द्र गौचनले राष्ट्रिय उपभोक्ता मन्चले सरकार उपभोक्ता र ब्यवसायी सबैलाई झकझकाउने कार्य गर्दै आएको स्मरण गरे ।

कार्यक्रममाझ बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले चेम्बर राष्ट्रिय उपभोक्ता मन्चसँग सहकार्य गरी उपभोक्ता अधिकारको सवालमा सचेतना अभिब्रीद्गिका कार्यक्रम गर्नु आतुर रहेको बताए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्ने क्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले मन्चको शाखा ७२ जिल्ला सम्म रहेको अवगत गराउदै आम उपभोक्ताको हितका लागि राष्ट्रिय उपभोक्ता मन्चका तमाम सदस्यहरु देशका बिभिन्न भु भागमा अहोरात्र खटिदै आइरहेको बताए ।


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 1 hour ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 2 hours ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।