‘कलाकारहरुले ताली र गालीलाई छुट्टै राख्नुपर्छ’

Education Park

२५ फेब्रुअरीबाट सुरु भएको पहिलो ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव– २०१९’ सोमबारबाट सकिएको छ । नाट्य महोत्सवभरी काठमाडौंका चार थियटर हल कौशी, मण्डला, शिल्पी तथा थियटर मलमा तथा मोफसलका विराटनगर, जनकपुर तथा पोखराका हलहरुमा गरी जम्मा ३० स्वदेशी तथा विदेशी नाटक मञ्चन भए । महोत्सवको दौरान, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनीका साथै हरेक दिन प्यानल डिस्कसन पनि भए । सोही डिस्कसन अन्तर्गत शुक्रबार ‘लुकिङ आउट, लुकिङ इन’ विषयमा नाट्यकर्मी पशुपति राईले अनुप बरालसँग कुराकानी गरे । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

 

पशुपतिः खासमा भन्ने हो भने मलाई सरसँग कुरा गर्ने आँट आउँदैन तर, मलाई तपाईको कालखण्डको कुरा जान्ने मन छ सोही कारणले म उत्सुक भएर यहाँ आउने आँट गरे । सरसँग कुराकानी गर्दै १ घण्टा बिताउन पाउनु मेरो लागि भाग्य हो । पहिलो पटक गुरुकुलमा सरलाई भेट्दाको याद मलाई सबै याद छ । हामी यतिका समयसम्म एउटै क्षेत्रमा छौं । तर, हामीहरुलाई तपाईजस्ता नाटकका सिनियरहरुसँग किन डर लागेको होला ? के अनुशासन भनेको अग्रजहरुले भनेको मान्ने भन्ने हो ?

 

अनुपः अनुशासन भनेको सिनियरले भनेको सबै कुरा मान्ने भन्ने होइन । यो संस्कारको कुरा हो । सिनियरले भनेको गलत काम पनि मान्नुपर्छ भन्ने चाँही हुँदै होइन ।

 

पशुपतिः नेपालमा सिनियर र जुनियरबीच धेरै ग्याप छ हो ? मलाई लाग्छ हामी यसरी नै हुर्केका हौं जस्तो लाग्छ ।

 

अनुपः थियटरको भाषाले मनको कुरा भन्छ । हामी प्रश्न गर्न डरायौं भने किन थियटर गर्ने ? आर्टमा कुनै सिनियर र जुनियर भन्ने हुँदैन । यो कामले छुट्टिने कुरा हो । 

 

 

पशुपतिः तपाई चाँही अग्रजहरुसँग कसरी काम गर्नुहुन्थ्यो ?

 

अनुपः हामी कामलाई कसरी राम्रो बनाउने भनेर झगडा नै गर्थेउँ । जापानको एउटा घटना भनौं है, हामी एउटा कार्यक्रममा थियौं । त्यहा विभिन्न देशका नाटक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । पछि हामीलाई एउटा समूह बनाएर टास्क दिइयो । समूहका साथीहरुबीच सँधै झगडा पर्यो । तर, त्यो कामलाई कसरी राम्रो बनाउने भनेर गरिएको झगडा थियो । त्यसले हामीलाई राम्रो सेफमा ल्यायो । मलाई सबैभन्दा माया लाग्ने गुरु जो हो उहाँले मलाई सम्झाई बुझाई सिकाउँनु भयो । 

 

पशुपतिः सरले भन्नुभएजस्तै मलाई सम्झना छ, गुरुकुलमा पनि कामको सवालले द्धन्द्ध हुन्थ्यो । बेलुका हुने झगडाको माहोलले भोली नाटक नै हुन्न जस्तो लाग्थ्यो । तर, भोलिपल्ट राम्रो नाटक प्रदर्शन हुन्थ्यो । मेरो अर्को प्रश्न अहिले नाटकको चुनौति र सम्भावना के ?

 

अनुपः मैले रंगमञ्च सुरु गर्दा अहिलेको जस्तो केही साउन्ड, लाइट,म्युजिक थिएन । हामी धेरैजस्तो काम आर्ट पेपरले चलाउँथ्यौं । थिएटरमा पाइला राख्दा बुङ्ग धुलो उड्थ्यो । हाम्रो लागि काठमाडौं आउनु उत्सवजस्तो हुन्थ्यो । सानो ठाउँबाट आएको मान्छेले ठूलो कुरा देखेपछि आतंकित हुन्छ भन्थे हामीलाई त्यस्तै डर थियो । अहिले सुविधा छ । तर, कति मेहनत गरेको छ भन्ने कुरा पनि छ । नाटकको आत्मलाई बुझ्न समय दिनुपर्छ । हामीकहाँ १०–१५ दिनमा नाटक तयार भएको कुराहरु पनि आएका छन् । हामीलाई ‘जो देख्ता हे ओ बिक्ता हे’ भन्ने कुराले गाँझेको छ । हामी एउटै नाटकको लागि वर्ष दिन बिताउँदा हरायो भन्नेहरु पनि छन् । मेहनत गर्ने परम्परा छैन । नाटकको गहिराई बुझ्नु निकै महत्वपूर्ण कुरा हो । समाजलाई बुझ्दा, मान्छेलाई बुझ्दा पनि पात्रमा भिज्न सकिन्छ । शारीरीक अभ्यास, भाषा, लवज लगायतका कुरा पनि महत्वपूर्ण छन् । अहिले म्युजिक, पेन्टिङ लगायतका कुरा जोडिएका छन् । 

 

हामीसँग ३ महिना नाटक सिक्दैमा केही हुनेवाला छैन । हामीसँग त्यस्तो जादुको छडी छैन । यसको लागि अथक मेहनत आवश्यक छ । 

 

 

पशुपतिः तपाईले नाटकमा टिक्नु छ भने भोकै बस्न तयार होउ भन्नु भएको थियो । हाम्रा अग्रजहरुले पनि चिउरा, भुजाजस्त कुराले पेट भरेको कुरा गर्दा हामीलाई ऊर्जा मिल्थ्यो । अहिले यो कुरा सुनायो भने गर्जिनेहरु पनि छन् नि !

 

अनुपः जबसम्म थियटर उद्योगको रुपमा स्थापीत हुँदैन तव यस्तो कुरा आइरहन्छन् । अहिले हामीसँग केही नाटकघरहरु छन् । निजी क्षेत्रले गरेको यो कामलाई म ‘प्याराडाइम सिफ्ट’ नै भन्छु । केही भारतीय साथीहरुले मलाई भनेका थिए तपाईहरुसँग त आफ्नै नाटकघर छ है ? हामी भोकभोकै बसेर नाटकघर बनाएका हौं । यसको लागि कति मेहनत भयो होला । अबका पुस्ताले पनि यत्तिकै मेहनत गर्नुपर्यो । ्हामी यो क्षेत्रमा आउँदा रेलले छोडेका यात्रुजस्ता थियौं । कता जाने, के गर्ने, के हुने हो केही ठेगान थिएन । तर, हामी हाम्रो गन्तब्यमा लागिरह्यौं । भोको पेटमा हिमाल पनि सुन्दर दैख्दैन भन्छन् नि । सुन्दर देख्नको लागि सन्तुष्टिको पनि आवश्यकता पर्छ । सन्तुष्टि आफूलाई मन पर्ने काम गरेको खण्डमा मिल्छ । नयाँ पुस्ता भोकै बस्नुपर्छ भन्ने होइन तर, मेहनत त चाहियो । मलाई मेरो बुबाले मेरो छोराले पेन्टिङ गरेको भए महान् कलाकार बन्थ्यो भन्नु भएको छ । तर, मैले पनि त थियट पेन्टिङ गरिरहेको छु । 

 

केही समयअघि हामीले ‘हामी काम नपाएर, परिक्षामा फेल भएर रंगमञ्च छिरेका होइनौं’ भनेर घोषणापत्र बनाएका थियौं । 

पशुपतिः अहिले नाटक क्षेत्रमा ह्वारह्वार्ती मान्छेहरु आइरहेका छन् । मान्छेहरु आएको अनुपातमा अवसरहरु पनि धेरै छन् । यो अवसरले मात्तिएका त छैनन् ?

 

अनुपः अवसरले चुनौति पनि थपेको छ । संसारमा बच्ने भनेको राम्रा काम हो । तपाईले पाएको स्पेसलाई लिएर कति सिरियस हुनुहुन्छ भन्ने कुरा पनि हो । कुनै संस्थामा जोडिने हो भने त्यो संस्थाको मर्म बुझ्नुहोस् । हामी त्यहाँ गएर निजी जीवन खोज्नु हुँदैन । हामी कम्युनमा विश्वास गर्नुपर्छ । नाटक सामूहिक काम हो । 

 

पशुपतिः नयाँ पुस्ताले गरेको केही नाटकको बारेमा नकारात्मक टिप्पणी आएका छन् । त्यस्तै थियटर खत्तम भो भन्ने कुरा आइरहेको छ नि ? तपाईलाई कस्तो लाग्छ ?

 

अनुपः मैले पनि नराम्रो नाटक गरे होला, अब गर्छु होला । सबैले सँधै राम्रो काम गर्छन् भन्ने होइन । कलाकारले नाटकपछि दर्शकको माया खोज्न आउने होइन । आफ्नो कस्ट्युमलाई माया गर्नुपर्छ । नाटक गर्न काममा तथा सोचमा सिरियसनेस आउनु आवश्यक छ ।

पछिल्लो समय केही राम्रा काम भएका छन् भने केही नराम्रा पनि । पहिला महिला कलाकारहरुको अभाव थियो । अहिले त्यो स्थिति छैन । महिलाहरु मञ्चमा आएका छन् । त्यो हाम्रो उपलब्धि हो । लागी गर्न छोड्नु हुन्न तर, यसलाई व्यक्तिगत रुपले लिनु भने हुन्न । राम्रो काम गरे तपाईको रोल सुरक्षित हुन्छ । कतै खोज्न जानु पर्दैन ।

 

पशुपतिः अहिले नेपाली नाटक छैन त्यही भएर विदेशी नाटकलाई अनुवाद गर्ने प्रचलन छ भन्छन् नि तपाईको समय कस्तो थियो ?

 

अनुपः मलाई नाटकको ओझले छुन्छ । पहिला हामीलाई राम्रा कृतिहरु छुन डर लाग्थ्यो । जब म एनएसडी गएँ सेक्सपियरको नाटक पनि परिमार्जन गरेको देखे । त्यसपछि मलाई आँट आएको हो । जति नेपाली नाटक लेखिएको छ त्यसमा फर्म, कन्टेन्ट केही पनि पाउँदिन । म ए नएसडीमा अभिनेताको कोर्ष गरेको हुँ । तर, नेपालमा आएपछि निर्देशक बने । मैले गरेको विदेशी नाटकलाई दर्शकले मन पराए । नेपालीले त्यती चर्चा पाएन । हामीलाई राम्रो नभए पनि नेपाली नाटक बना भन्नेहरु पनि छन् ।

 

पशुपतिः हामीले गरेका नराम्रो कामलाई तपाईजस्तो अग्रज सरहरुले ठाडै भनिदिन मिल्दैन ? 

अनुपः यो कुरामा सुनिल दाई निकै अघि हुनुहुन्छ । गाइड गर्नु र गाली गर्नु पनि फरक हुन् । त्यसलाई कसरी भन्ने र कसरी बुझ्ने त्यो कुरा महत्वपूर्ण हो । केही मान्छेले सांकेतिक रुपमा पनि कुरा बुझ्छन् । कतिपयलाई सिधै भन्ने गरेका छौं । गाली गर्दा उसलाई हर्ट हुनु भएन । 

 

पशुपतिः तपाईलाई इमान्दार उत्तरको अपेक्षसहितको प्रश्न गर्छु, नयाँ पुस्तामा क–कसले राम्रा काम गरिरहेका छन् ?

अनुपः विमल सुवेदीले गरेको काम मालिनी मलाई मन परेको थियो । एक्टिङमा भने अलि समस्या थियो, सेट पनि उत्तिकै राम्रो थियो । राजन खतिवडाको सुनकेशरी । अरु पनि राम्रा नाटकहरु बनेका छन् । राम्रो काम गर्नेहरु छन् । 

मलाई के लाग्छ भने नाटक समाजसँग जोडिनुपर्छ । मैले केही कलाकारहरुलाई देखेको छु जसले कठिन मेहनत गरेका छन् । कलाकाहरुले धेरैभन्दा धेरै पढुनुपर्यो । पत्रपत्रिकाको समाचारबाट अलग भएकै राम्रो । ताली र गालीलाई छुट्टै राख्छुपर्छ । नाम आएपछि अब मेहनत गर्न परेन भन्ने होइन । कलाकारले आफ्नो हातहतियारलाई पोलिस गरिाख्नुपर्छ । 

 

 

पशुपतिः यी सबै पढ्ने स्कुलिङ नभएर हो त ?

 

अनुपः हो, त्यही भन्न खोजेको हो । आफूलाई एजुकेट गर्नुपर्छ भन्ने हो । तर, सबैकुरा सबैलाई थाहा हुनुपर्छ भन्ने छैन । कसैलाई फ्रेन्च भाषा आउँदैन भने त्यो भाषा नै होइन भन्न मिल्दैन । आफूलाई मन परे भयंकर मन नपरे के हो के भन्ने प्रचलन छ । 

 

दर्शकप्रश्न: युर्निभर्सल भनेको के हो ? अनुप दाईले थाङ्ला (नाटक) गर्दा भाउजुलाई एक देवरले आमाजस्तो व्यवहार गर्छन् तर, डोल्पातिर भाउजुलाई पोटेन्सियल श्रीमतीको रुपमा लिन्छन् । तपाईले भाउजुलाई आमा भनेको नाटकलाई विदेशमा देखाउँदा त्यो सामाजिक न्यायको विषय बन्दैन नि !

 

अनुपः हो, उक्त नाटकमा मलाई एक डोल्पाकै भाइले हाम्रो जनजाति किन नदेखाएको भन्नु भएको थियो । म भन्छु राईको रोल बाहुनले गर्ने अवस्थाको आउनु जरुरी छ । आफूले देखाउन चाहेको कुरा देखाउने हो त्यसमा सबैको भाव आउनुपर्छ भन्ने कुरा छैन । भाषा भन्दा पनि अनुभव ठूलो कुरा हो । रसियाका मान्छेले रुँदा र हामी रुँदा पनि त आँशु झर्छ नि । भलै उनीहरु रुमालले आँशु पुच्छलान् हामी हातले । यही हो युनिभर्सल ।

- प्रस्तुतीः सुवास गौली

 


थप समाचार

विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

  • 8 minutes ago
विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

  • 14 minutes ago
टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रि

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 26 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।