झापामा अपहरणपछि एक व्यवसायीको छुरा प्रहार गरी हत्या

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 weeks ago
  • नेपाल

झापा । झापामा कपडा व्यवसायी गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ बर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार पौडेललाई हत्या गरी फालिएको शव गौरीगञ्ज ६ स्थित बाह्सुद्दीस्थित विनोद यादवको धान खेत नजिकै रहेको नालामा मंगलबार विहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको उनले बताए ।

 

घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोवाइल फोन, व्याग फेला परेको छ ।अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले थप अनुसन्धान गरिरहेको जनाइएको छ । यता प्रहरीले हत्या गरिएको आशंकामा गौरीगञ्ज निवासी सद्धाम हुसेनलाई पक्राउ गरेको छ ।

 

प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती पसलको ताकेता उठाउन गौरीगञ्ज बजार आएका थिए ।

 

करिब ६ बजेको समयमा श्रीमतीलाई खाजा पसलमा छाडेर पौडेलकै मोटरसाइकलमा सद्धाम हुसेन बसाएर ताकेताका रकम उठाउन गएका थिए ।

 

 

सद्धामसंग गएका पौडेल अवेर रातीसम्म नफर्किएपछि उनी अपहरण परेको भनि श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएकी थियन् । 


थप समाचार

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

  • 49 minutes ago
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएक

गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • 53 minutes ago
गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

  • 1 hour ago
हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

पाेखरा । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले न्यायको माग गर्दै बृहत विरोध निकालेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने