सशस्त्र प्रहरीको सेटिंगमा तस्करी

Education Park

काठमाडौं । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्रकै संरक्षणमा कैलालीका विभिन्न नाकाबाट तस्करी बढेको छ । 

 

सशस्त्र प्रहरीका डिआईजी नगेन्द्रबहादुर थापा आएपछि केही कडाई गरेजस्तो देखिएपनि तस्करीमा कुनै कमी भएको छैन । सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । कैलाली जिल्ला खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको छ । सशस्त्रले दैनिक सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंग मिलाएर रातीको समयमा सामानहरु नेपाल भित्रने गरेको छ ।

 

कैलालीको खक्रौलालाई मुल भन्सार घोषणा गरेपछि सो नाकाबाट सामान आउन छोडेको छ । यस अघि तस्करहरुले सोही नाकाको प्रयोग गरेर सामान भित्राउने गरेकोमा आजभोली यस नाकाबाट नभई भजनीको गुलरिया,मोरिया घाट र डाक्टर घाटबाट सामान अबैधरुपमा भित्राउने गरिएको छ । खक्रौला भन्सारका कर्मचारीहरु खाली बसीरहेकाछन् । सशस्त्र प्रहरी बल भजनी बोर्डर पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक नरेन्द्र बोहराको मिलेमतोमा भजनी क्षेत्रका तस्करीमा संलग्न लोकेन्द्र साउँद,धनबहादुर साउँद र सुरेश जोशीसंग मिलेर भारतको तिकुनीया बजारबाट टाँगाबाट सामान घाटसम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷२५ वटा मोटरसाईकलको प्रयगो गरेर सामानहरु टीकापुर,लम्की, सुखड,बौनिया,चौमाला, मसुरिया लगायतका ठाउँहरुमा पु¥याउने गरिएको छ ।

 

नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै नियन्त्रण गरेको छैन । नेपाल प्रहरीका चौकी इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरीका डिआजी थापाले पनि ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । तस्करहरुले चौकुर्दी घाटलाई पनि उपयोग गरेकाछन। गाउँका मानिसहरु सवै सुतिसकेपछि चौकुर्दीबाट स्टिमरको प्रयोग गरेर धनसिंहपुरको बनगाउँ भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता गुलरियाघाट र मोरियाघाटमा सोमवार साँझ ६ बजेदेखिनै भारतीइ क्षेत्रमा नेपालमा तस्करीका लागि ल्याएका सामानहरु थुपार्न शुरु भइसकेको थियो । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 10 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 10 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र