IIMS College

ISMT

HUB Education

एप्पलको महँगी ‘कुल फ्याक्टर’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । एप्पलका सामानहरुको मूल्य एकदमै बढ्दो मात्रामा छ । एप्पलको ल्यापटप, ट्याव, मोबाइल तथा इयरफोनको मूल्य मानिसहरुको घरको भाडाभन्दा पनि महँगो छ । यी सबै ग्याजेटहरुको मूल्य करिब ३५ सय अमेरिकी डलर पर्छ । उक्त मूल्य भनेको सामान्य अमेरिकन परिवारको साढे २ महिनाको घर भाडा हो । 

 

एप्पलको सामानहरुको मूल्य सुरुदेखि नै सस्तो छैन । पछिल्लो दशकमा मात्रै एप्पलको फोनको मूल्य तेब्बरले बढेको छ । सन् २००७ मा एप्पलको मूल्य ४९९ डलर थियो । सन् २०१८ सम्म आइपुग्दा उक्त फोनको मूल्य ९९९ डलर पुगेको छ । 

 

एप्पलको महँगाईलाई धेरैले ‘कुल फ्याक्टर’को रुपमा पनि लिन्छन् । यही महँगो मूल्यको कारण एप्पल मूल्यवान् कम्पनी बनेको छ । सन् २०१९ को सुरुमा एप्पलले २४५ बिलियन डलर नगद आरक्षण गरेको थियो । 

 

तर, किन एप्पलका सामानहरु महँगो हुन्छन् त ! धेरैले एप्पलले आफ्नो सामानको मूल्यकै कारण ग्राहक पाइरहेको छ भने पनि ‘एप्पल ट्याक्स’को कारण ग्राहकहरुले बढी मूल्य तिरेर एप्पलको सामान खरिद गरिरहेका छन् । तर, सस्तो मूल्यमा सोही विशेषता भएका अन्य ग्याजेटहरु पाएता पनि ग्राहकहरुले एप्पलकै सामान किन्ने गरेका छन् । 

 

सन् २०१८ मा एप्पलका सिइओ टिम कुकले कम्पनीले निकै अघि बढेर फोन बनाएको साथै फोनले क्यामेरा, भिडियो क्यामेरा तथा म्युजिक प्लेयरलाई नै विस्थापित गर्न सघाएको बताएका थिए । सोही समयमा उनले केही नयाँ राम्रो कुराको उत्पादन भयो भने त्यसको मूल्य सस्तो नहुने बताए । यसको मतलव एप्पलले सस्तो सामान राखेर सामग्री उत्पादन गर्दैन भन्ने हो । 

 

एप्पलको आइपड तथा आईफोनले विश्व नै बदलिदिएको छ । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएको थियो । एप्पलले उक्त समयमा आइपडको मूल्य ३९९ डलर राखेको थियो । १ हजार वटासम्म गीत राख्न मिल्ने आइपड ६ वर्षमा १०० मिलियन आइपड विक्री भएको कम्पनीले बताएको छ । यो विक्रीले आइपडमा इतिहास नै राख्यो । सन् २००५ मा एप्पलले आफ्नो मुनाफामा ३८४ प्रतिशतले वृद्धि गरेको थियो । आइपडलाई नै मोडिफाइ गर्दै एप्पल मोबाइल फोनतिर गएको हो ।

 

सन् २००७ मा आइपडलाई रिप्लेस गर्दै आइफोन बजारमा आएको हो । आइफोनले हरेक वर्ष विक्री बढाउँदै लगेको छ । सन् २००७ मा १.४ मिलियन आइफोन बेचेको कम्पनीले सन् २०१५ मा २३१.३ मिलियन आइफोन बेच्यो । सन् २०१५ देखि एप्पलको आइफोनको विक्री केही घटेको छ । सन् २०१८ मा २१७.७ मिलियन आइफोन विक्री भएको थियो । यससँगै मुनाफामा पनि तलमाथि भएको छ । चलिरहेको आइफोनको सट्टा अर्को आइफोन किन्ने मानिस धेरै हुँदैन । त्यसैले यसको विक्री संख्या केही घटेको हो । 

 

सन् २०१८ को सुरुमा एप्पलको घडीको मूल्य ३२९ डलर थियो । तर, उक्त मूल्य बढेर ३९९ डलर पुगेको थियो । त्यस्तै, एप्पलले ‘गोल्ड वाच’लाई १० हजार डलर मूल्यमा बेच्न खोजेको थियो । हरेक उत्पादनमा मूल्य बढेसँगै एप्पलको विक्री चीन, भारत, ब्राजिल तथा टर्कीमा घटेको छ । सोही विशेषता भएका कम्पनीका उत्पादनहरु सस्तो पाउँदा उसको व्यापारमा ह्रास आएको हो । यससँगै एप्पल पछिल्लो केही वर्ष यता शीर्ष कम्पनीमा गनिएको छैन । कतिपय विश्लेषकहरुले एप्पलले आफ्नो सामानको मूल्य बढाउन भन्दा पनि अझै थप कुराहरु गरिएको सामान बजारमा ल्याउनुपर्ने अवस्था आएको बताएका छन् । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 1 hour ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 2 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 2 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।