जुम्लामा २४ करोडको स्याउ उत्पादन

  • सोमबार, ११ भदौ, २०७५
  • 7 months ago
  • अर्थ

सुर्खेत ।  चालू आर्थिक वर्ष २०७५-७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । 

 

स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । 

 

यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । 

 

तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उहाँले बताए । 

 

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताए । 

 

अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताए । 

 

कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताए । 

 

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बगैँचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । 

 

स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताए । 

 


थप समाचार

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 13 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

  • 13 minutes ago
शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको

कृतिको बिकिनी रुप

  • 31 minutes ago
कृतिको बिकिनी रुप

काठमाडौँ । सफल चलचित्र छुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरुमा आफ्नो बिकिनी पोजका कारण भारइरल भएकी छिन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।