IIMS College

ISMT

HUB Education

आप्रवासी कामदारको अन्र्तराष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रियस्तरबाट ९० विज्ञ सहभागी हुने

  • आइतबार, ५ साउन, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’  आयोजना गर्ने भएको छ । 

 

आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न  कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ । 

 

आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको हुनाले नेपाल तथा दक्षिण एशियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौँ कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिए ।

 

आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक र गन्तव्य मुलुकमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुनेछन् । 

 

सम्मेलनमा अन्तर्राष्ट्रियस्तरबाट ९० विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ । नेपालबाट ३५ विज्ञले भाग लिनेछन् । आयोगले सम्मेलनको तयारीका लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ । (रासस)

 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 1 hour ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 1 hour ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 1 hour ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।