इजरायलविरुद्ध अर्जेन्टिनाको मैत्रिपूर्ण खेल रद्द

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

एजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रिपूर्ण खेल नखेल्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीचको राजनीतिक कारणले गर्दा अर्जेन्टिनाले उक्त मैत्रिपूर्ण खेल नखेल्ने भएको हो । साथै अर्जेन्टिना  कप्तान लियोनल मेसीमाथि तथा टिमकै  सुरक्षाको विषयलाई लिएर गम्भीर प्रश्न उठेको थियो ।

 

इजरायलसँग जेरुसेलममा अर्जेन्टिनाले मैत्रिपूर्ण खेल खेल्ने भनेपछि प्यालेस्टाइन नाकरिकहरुले उक्त खेल रोक्न माग गरेका थिए । साथै उक्त खेल खेले अर्जेन्टिनाका मेसीको जर्सी जलाउनेसम्मको चेतावनी दिएपछि अर्जेन्टिना दवावमा आएको थियो । प्यालेस्टायनियन फुटबल एसोसियसनका प्रमुख जिब्रिल राजोउवले नै उक्त खेल भए प्यालेस्टायिन नागरिकहरुले मेसीको जर्सी जलाउने बताउँदै आएका थिए । 

 

यसरी विश्वकपको संघारमा टोलीलाई चेतावनी आएपछि प्रशिक्षक जोर्गे साम्पावली, कप्तान लियोनल मेसी तथा सिनियर खेलाडी जाभियर मास्चेरानोले नै खेल रद्द गर्न दवाव दिएका थिए । 

 

आउँदो शनिबारको लागि उक्त खेल तालिका बनेको थियो । 

 

 

 

 


थप समाचार

जाडोमा लाभकारी अमला !

  • 1 minute ago
जाडोमा लाभकारी अमला !

काठमाडौं । अमलामा भिटामिन ‘सी’, आइरन र क्याल्सियम भरपूर पाइन्छ । जाडोमा सख्खरसँग खाँदा शरीरमा उर्जा आउँछ ।

राशिफलः यस्तो रहनेछ विहीबारको तपाईको भाग्य !

  • 24 minutes ago
राशिफलः यस्तो रहनेछ विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल माघ ०३ गते । बिहीबार । ईश्वी सन् २०१९ जनवरी १७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि एकादशी, २८ घडी ५३ पला, बेलुकी

अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

  • 32 minutes ago
अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान । अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।