यसरी अर्जुन क्षेत्रीले ज्योतिष पेशा त्यागे

काठमाडौँ । जनतालाई भ्रम फैलाउने भविश्यवाणी गरेर चर्चित बन्ने कोशिश गरेका अर्जुन कमार क्षेत्रीले ज्योतिष पेशा त्यागेका छन् । 

पछिल्लो केही समययता भविश्यवाणी गरेर सर्वसाधरणहरुलाई भ्रम छरेर चर्चित बन्ने कोशिश गरेका उनीविरुद्ध अन्य ज्योतिषहरु खनिएका थिए । पोखराका ज्योतिष कमल पौडेलले अर्जुनलाई माफी समेत मगाउन लगाएका थिए । केही दिनअघि राजधानीमा भएको एक पत्रकार सम्मेलनमा पौडेल अर्जुनविरुद्ध खनिएका थिए । त्यसपछि अर्जुनले आफूबाट गलत काम भएको भन्दै माफी माग्र्दै अब यो पेशामा नआउने बताएका छन् । 

 

को हुन् अर्जुन ?

 

क्षेत्रीको स्थायी घर भोजपुर हो । करिब १२ बर्षको उमेरदेखि ज्योतिषी पेशामा सक्रिय रहेको दावी गर्दै आएका उनले भारतको वाराणसीमा रहेको संस्कृत पाठशालाबाट ज्योतिष विद्यापिठमा स्नातक गरेका दावी गर्दै आएका थिए । उनले अनुहार हेरेर भविष्यबाणी, हस्तरेखा अध्ययन, खुट्टाको रेखाको अध्ययन, जन्मकुण्डली हेर्ने, चिना हेर्ने, अक्षर हेरेर भबिष्यबाणी, जोखाना हेर्ने रचामलबाट भविष्यबाणी गर्दै आएका थिए । साथै आफ्नो भाग्यको बारेमा अध्ययन गरे ४५ दिन भित्र भाग्य बदल्न सकिने उनको दाबी थियो । 

 

रोजगार तथा अध्ययनका सिलसिलामा देश र विदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अनुहार देखाएर भुत बर्तमान तथा भविष्यको बारेमा ज्योतिषी क्षेत्रीबाट परामर्श लिने गरेका थिए । 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 1 hour ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।