प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न उठेको हो, राजिनामा मागेका छैनौँ : केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले नै प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नुपर्ने अवस्था नआएको बताएका छन् । केसीले संघीय संसदमा कांग्रेसले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाए पनि राजिनामा भने नमागिएको स्पष्ट पारे ।

 

प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री केपी ओली आफैँले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न उठाएको छ । सोमबारको संघीय संसद बैठकमा कांग्रेका सांसदहरुले ओलीको राजिनामा नै मागेको आशयमा धारणा राखेका थिए ।

 

केसीले भने, ‘प्रधानन्यायाधीशको केसमा दिपकराज जोशीको संवैधानिक प्रस्तावक प्रधानमन्त्री केपी ओली नै हो । उहाँले प्रस्ताव गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अध्ययन अनुसन्धान नै नगरी अस्विकृत गर्यो । यसकारण ओलीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठाइएको हो ।’

 

जोशी प्रकरणले संवैधानिक परिषद र संसदीय समितिको औचित्यमाथि प्रश्न उठेको कसीको तर्क छ । संसदीय समितिलाई प्रभावकारी बनाउनुपर्छ भन्ने आफ्नो मान्यता भए पनि अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा निर्णय गर्न नहुने केसीले बताए ।

 

‘दम्भको आधारमा दुई तिहाईलाई देखाएर राजनीतिक आग्रहले जुन निर्णय गरियो, यसले संसदीय समितिको मान्यता तोडिएको छ । दिपकराज जोशीबारे संसदीय समितिले २०७१ सालमा पनि सुनुवाई गरेर योग्य ठहर गरेको थियो ।’ केसीले भने ।

 

समितिमा रहेका कांग्रेसका सांसदहरु दिपकराज जोशीको पक्षमा लागेको नभै उनका बारेमा उठेका प्रश्नमाथि अनुसन्धान गरेर मात्रै निर्णय गरौँ भनेको तर नेकपाका सांसदले राजनीतिक आग्रहका आधारमा अनुसन्धान नै नगरी निर्णय गरेकाले कांग्रेसले विरोध गर्नुपरेको केसीले बताए ।

 

‘संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय समितिले अस्विकार गर्न सक्छ । तर आरोपको अनुसन्धान गर्नुपथ्र्यो । कांग्रेसले अनुसन्धानको माग गरेको थियो ।’ उनले भने ।

 

न्यायालयलाई स्वतन्त्र राख्नुपर्छ भन्ने मान्यता कांग्रेसको रहेको भन्दै केसीले यस विषयमा सरकार सचेत हुनुपर्ने बताए ।


थप समाचार

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 13 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 36 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल

राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • 54 minutes ago
राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।