IIMS College

ISMT

HUB Education

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो कजाककिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ ।  प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।

 

कजाककिस्तान शब्दको अर्थ रहस्यको देश भन्ने हुन्छ । अर्थ अनुसार साच्चै यो देशमा पनि रहस्यात्मक कुराहरु लुकेका छन् । यहाँ एक किलोमिटर क्षेत्रफलमा ६ जना मानिसहरु बस्ने गर्दछन् ।

 

यहाँका मानिसहरु एकथरी रसियन र अर्को मङगोल प्रजातिका राजा चेकङगिज खानका भङगधर प्रजातिका रहेका छन् । यहाँ बसोबास गर्ने मानिसहरुले दुई छुट्टा छुट्टै भाषा बोल्ने गर्दछन् । एउटा भाषा जो रसियन र अरेबिक लिएर बनेको छ र अर्को पुरै रसियन रहेको छ ।

 

१९१७ भन्दा पहिले यो रसियाको एक भागका रुपमा रहेको थियो तर १९१७ पछि काजकिस्तानले सोभियत संघको एक देशको रुपमा मान्यता पायो । १९३० देखि १९४० को बीचमा काजकिस्तान र सोभियत संघका अन्य देशहरुमा स्टेलीनद्धारा धेरै मानिसहरु मारिए । यसले सोभियत संघ लगायत अन्य देशहरुमा नराम्रो असर पुर्यायो र यो नै पछि सोभियत संघ टुट्नुको एउटा महत्वपूर्ण कारण बन्यो ।

 

यि दुई देश सधैं एक अर्काको साथ दिइरहेका हुन्छन् । जतिसुकै अप्ठ्यारो परे पनि यि दुई देशहरु साथमा समस्याको समाधानमा लाग्ने गर्दछन् । युरोप र अमेरिकाका अन्य देशहरु रसियासँग कुनै पनि कुरा भन्नका लागि काजकिस्तानको सहारा लिने गर्दछन् ।

 

कजाककिस्तान स्याटलाईट लन्च स्टेशन विश्वमा सबैभन्दा पुरानो र ‘एड्भान्स’ पनि मानिन्छ । यो सोभियत संघ र रसियाको सधैं मुख्य स्पेश स्टेशनका रुपमा रहेको छ । दोस्रो विश्वयुद्ध पछि सोभियत संघले यहाँ ५ सय भन्दा बढी परमाणु बमको परीक्षण गरेको थियो । जुन हिरोसिमा र नागासाकीमा खसाइएको बम भन्दा २० देखि ३० हजार गुणा ठूलो रहेको थियो ।

 

यो देश एसिया र युरोप दुवै महादेशमा पर्ने गर्दछ । त्यसैले यो देशलाई युरेसिया देश पनि भनिन्छ । यहाँका ७० प्रतिशत मानिसहरु मुस्लिम रहेका छन् भने बाँकी ईसाई धर्म मान्ने गर्दछन् । यो एकमात्र मुस्लिम देश हो जहाँ साक्षरता शतप्रतिशत रहेको छ । यो देशमा पढाईको गुणस्तर धेरै नै राम्रो रहेको छ । यसैले यो देशलाई विज्ञान र प्रविधिका लागि अगाडि र विकसित मानिन्छ ।

 

सदियौंदेखि यो देशका महिलाहरुलाई बहादुर र योद्धा मानिदै आएको छ । यहाँका महिलाहरुले पुरुष भन्दा साहसिक काम गरेको पाइन्छ । यो एक यस्तो मुस्लिम देश हो जहाँ प्रतिशतका हिसाबले सबैभन्दा बढी महिलाहरु प्रशासनमा काम गर्ने गर्दछन् र सबैभन्दा साहसिक महिलाका रुपमा पनि लिइन्छ ।

 

यहाँ घरपालुवा जनावरका रुपमा घोडा पालिन्छ ।  पहिले पहिले यहाँका मानिसहरु काठबाट बनेका परम्परागत घरमा बस्न रुचाउँथे । मेन्डलिनको पिरियडिक टेबलमा पाइने ११० पदार्थमध्ये ९९ तत्व यो देशमा पाइन्छ । योे विश्वको एक मात्र यस्तो देश हो । काजकिस्तानको धेरै क्षेत्र समुन्द्रसँग कम मात्रामा जोडिएको छ ।

 

धेरै वैज्ञानिकहरुका अनुसार स्याउको उत्पादन काजकिस्तानको पर्वतमा भएको हो भन्ने रहेको छ । यहाँको राजधानी अस्ताना हो तर काजकिस्तानको ठुलो शहरका रुपमा अल्माती रहेको छ । यो यति विकसित देश हुनका बाबजुत यहाँका केही मानिसहरु मान्छन् कि यदि घरभित्र सिठ्ठी बजायो भने त्यो मानिस गरिब हुने मान्यता रहेको छ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।