नवनिर्मित जंगी अड्डा (तस्वीर)

  • मंगलबार, १० बैशाख, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ । नेपाली सेनाको नवनिर्मित मुख्यालय (जंगी अड्डा)को आज उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जंगी अड्डाको उद्घाटन गरेकी हुन् ।

 

वि.सं. २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा छन् । 

 

 

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ ।

 

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ ।

 

 

 


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 16 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 40 minutes ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 53 minutes ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।