IIMS College

ISMT

HUB Education

किन सेनाको आवश्यकता नै ठानेनन् यी देशहरुले ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आजको दुनियाँमा कुनै पनि देशको तागत उसको सैन्य तागतलाई लिएर सुचीकरण गर्ने काम गरिन्छ । यसको अर्थ जुन देशसँग सबैभन्दा धेरै सेना हुन्छ, अत्याधुनिक हतियार हुन्छ उनीहरु विश्वमा त्यति नै बलिया राष्ट्र भएको मानिन्नछ ।

 

देशको सुरक्षाका लागि पनि सैन्य शक्तिलाई एकदमै महत्वका साथ हेर्ने गरिन्छ । राष्ट्रभावका कारण सैनिकहरु आफ्नो ज्यान दिन पनि पछि पर्दैनन् । यसका उदाहरण पनि हामी प्रशस्त पाउन सक्छौ । प्राचीन धर्मग्रन्थमा समेत लेखिएको छ,‘जननी, जन्मभुमीश्य स्वर्गादपि गरियसी’ ।

 

अर्थात् आफ्नो आमा र देश स्वर्गभन्दा पनि ठुलो हुन्छन् । तर विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जसमा सैनिकहरु नै छैनन् । उनीहरुले आफ्नो देशको सुरक्षाको जिम्मा अरु नै देशलाई दिएका छन् । केही सुविधा पाउन र आर्थिक लाभ गर्नका लागि उनीहरुले यस्तो गरेका हुन् । 

 

विश्वमा केही यस्ता राष्ट्रहरु पनि रहेका छन् जसको कुनै सेना छैनन् तर सेनाले झै प्रहरीले हरेक काम सम्हाल्ने गर्छन् । यस्ता राष्ट्रहरु युरोपमा धेरै छन् । केही देशहरुले सुरक्षा आउटसोर्स गरेर काम चलाउने गर्छन् भने केही राष्ट्रलाई सुरक्षाको आवश्यकता नै छैन । स्विजरल्याण्डमा यही विषयलाई लिएर बहस चलेको थियो । सेना स्विजरल्याण्डमा नचाहिने बहसमा धेरैले आफ्नो धारणा राखेका थिए । 

 

तुवालु एउटा यस्तो देश हो जहाँ सुरक्षा बल नै छैनन् । क्षेत्रफलका आधारमा हेर्ने हो भने यो देश निकै सानो छ । सन् २०१४मा भारत प्रशान्त द्धीप सहयोग संगठनमा समोआ र तुवालु सहभागी भएका थिए । सन् २०१५ मा जयपुर संगठनको १४ देशहरुको सम्मेलन भएको थियो । तुवालुको क्षेत्रफल जम्मा २६ वर्ग किलोमिटर रहेको छ । यहाँको जनसख्या १० हजार रहेको छ । यहाँ संसदीय राजतन्त्र प्रणाली रहेको छ । 

 

यस्तै खाले अर्को युरोपियन राष्ट्र अंडोरा पनि हो । यस देशको सुरक्षाको जिम्मा स्पेन र फ्रान्सले लिएका छन् । यस बाहेक मध्य अमेरिकाको एक देश कोस्टारिकासँग पनि कुनै सेना रहेको छैन । समोआ देश सँग पनि आफ्ना सैनिक छैनन् । तर, यस देशको मदतका लागि न्युजील्याण्डले जिम्मेवारी लिएको छ । यसका साथै यस समुहमा द्धीपीय देश ग्रेनेड र नोरु पनि रहेका छन् । 

 

चारैतर्फबाट पहाडले घेरिएको राष्ट्र एंडोरा युरोपको छैटो सानो देश हो । यस देशको कुनै व्यक्तिगत आर्मी छैनन् । यहाँ कानुन व्यवस्था र केही जरुरी नियमको पालना प्रहरीलाई जिम्मा दिइएको छ । तपाई प्रश्न गर्न पनि सक्नुहुनेछ युद्धको अवस्था आइ परेमा वा आतंकवादी हमला भएमा आफ्नो देशको सुरक्षाका लागि यी देशहरु के गर्छन् ? यी राष्ट्रहरु त्यस्तो समस्या आइ परेमा स्पेन र फ्रान्ससँग आपतकालिन सैन्य सुरक्षाको माग गर्छन् ।

 

सन् १९४८ मा भएको एक गृह युद्ध पछाडि कोस्टारिकाले सधैका लागि आर्मीलाई आफ्नो देशको सिमाबाट बाहिर गरिदिएको थियो । यहाँको आन्तरिक मामिला पुलिसले हेर्ने गर्छ । बोर्डर स्थित निकारागुआ देशसँग मतभेद भएपनि यहाँ बिना कुनै सैन्य संरक्षण निर्वाह चलिरहेको छ ।

 

डोमिनिकाः सन् १९८१ मा आर्मीको केही गतिबिधिका कारण यस देशले सधैका लागि सेना परित्याग गर्ने घोषणा गरेको थियो । उसले सबै आर्मीलाई आफ्नो देशबाट बाहिर पठाएको थियो । अरु देश झै यसको व्यवस्था प्रहरीले संचालन गर्दै आइरहेको छ । 

 

ग्रेनाडाः अमेरिकाले एकाएक आक्रमण कारण सन् १९८३ मा यो देशले कठोर निर्णय लिएको थियो । त्यस निर्णय पश्चात यस देशले सेना परित्याग गरेको थियो । क्षेत्रीय सुरक्षा व्यवस्था अनुसार यहाँ काम हुन्छ ।

 

आइसल्याण्डः तपाईलाई सुन्दा  अचम्म लाग्ला सन् १८६९ पश्चात यो देशमा आर्मी छैनन् । आइसल्याण्ड नेटो संगठनको समेत सदस्य हो । यसले युनाइटेड नेशनसँग आफ्नो सुरक्षाको एग्रिमेन्ट गरेको छ । 

 

मोरिशसः विश्वमा नै चर्चीत रहेको यस देशमा आर्मी छैनन् । लगभग १० हजारको हाराहारीमा प्रहरी कर्मचारी रहेका छन् । उनीहरुले नै सुरक्षा व्यवस्था र कानुनको रक्षा गर्ने काम गर्छन् । 

 

मोनेकोः यस देशले १७ औ शताब्दीबाट नै आर्मी पावर परित्याग गरेको थियो । तर, दुईवटा साना मिलिटेरी युनिट भने रहेका छन् जुन सदैव सक्रिय रहेका छन् । एउटाले राजकुमारको सुरक्षा गर्छन् भने अर्को युनिटले आम नागरिकको सुरक्षा गर्ने काम गर्छन् । 

 

लेैच्टेस्टीनः यस देशले आर्मी हटाउनुको मुख्य कारण आर्थिक कारण रहेको थियो । सेनाको खर्च धान्ने अवस्था नरहेपछि आर्मीलाई हटाउने निर्णय भएको थियो । तर, युद्धको स्थिति पैदा भएमा यहाँ सेना संगठन देशको नीतिमा रहेको छ ।

 

हाइटीः बेलाबेलामा सेनाद्धार अकस्मात गरिए पछि यस देशको सरकारले अरु देश झै आफ्नो देशबाट आर्मी हटाउने निर्णय गर्यो । सन् १९९५ पश्चात बिना सैनिक बल हरेक समस्याको सामना यस देशले आफ्नै तरिकाले गर्दै आइरहेको छ । 

 

संसार भर यस्ता देशहरुको संख्या २२ रहेको छ । यस्ता देशहरुले आफ्नो देशको सुरक्षाको जिम्मा पहिला आफ्नो देशमा शासन गरेका राष्ट्रहरुको हातमा दिएका छन् । दोस्रो विश्वयुद्धको भयानकता पश्चात जापान जस्तो देशले पनि सेना राख्न बन्द गरेको थियो । 

 


थप समाचार

एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

  • 2 minutes ago
एक्सन हिरो जुनियर एन्टिआरको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् जुनियर एन्टिआर । उनको जन्म सन् १९८३ मे २० मा भएको थियो । उनका पिता नन्दमुरी हरिकृष्ण एक्टर र राजनीतिज्ञ दुवै हुन् । फिल्म पृष्ठभुमि भएका कारण पनि उन

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 21 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।

रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

  • 23 minutes ago
रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

एजेन्सी । स्पेनिस राष्ट्रिय टिम तथा रियल मड्रिडका कप्तान सर्जियो रामोसले १२ मिलियन युराे खर्चेर घर बनाएका छन् । रामोस तथा उनकी श्रीमती पिलार रुवियोले मड्रिडमा शानदार घर बनाएका हुन् । उनीहरुले १५ सय वर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।